12.1 C
Kathmandu
Saturday, February 7, 2026

कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने

पर्वत-पर्वत सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ ।मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको हो । कुश्मामा २०४८ सालदेखि संचालित गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालदेखि संचालित शिवालय बहुमुखी क्याम्पस एकीकरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । हालको विश्वव्यापिकरण, वसाइसराई, नयाँ पुस्ताहरुमा देखिएको महत्वकांक्षा, घट्दो जनसंख्या र आर्थिक संकट जस्ता कारणले क्यापसहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने तर क्याम्पसहरुको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्न थालिएको गुप्तेश्वर बहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो । दुवै क्याम्पसका सञ्चालक समितिहरुले क्याम्पसलाई एकिकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकिकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महशुस गरी एकिकरण प्रकिया अगाडि बढाउन सहमत भएका छन् । उनिहरुले पव्लिक क्याम्पस संघ, पर्वतका अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा दुवै क्याम्पसका अध्यक्षहरू बसन्तकुमार कर्माचार्य र हरीओम शर्मा लामिछाने तथा क्याम्पस प्रमुखहरु सुभाष पन्त र लेखनाथ उपाध्याय रहेको ५ सदस्यीय कार्यदल गठन गरेका छन् ।
कार्यदलले गत ६ महिना देखि शुरु गरेको अध्ययन र सहकार्यहरुवाट तयार भएको एकिकरण दस्तावेजको आधारमा दुवै क्याम्पसलाई एकिकरण प्रकृया टुंगोमा पुर्‍याउने भएको छ । वैठकले ५ सदस्यीय कार्यदलको विस्तार गरी १३ सदस्यीय अधिकार सम्पन कार्यदल गठन गरी ६ बुँदा रहेको कार्यादेश स्विकृत गरेको छ भने आगामी माघ १६ गते भित्र दुवै क्याम्पसले आ(आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरी एकिरणको प्रस्तावलाई अनुमोदन गर्ने निणर्य भएको छ । एक कुश्मा-एक सवल क्याम्पस बनाउने अभियान अन्तर्गत सवै जनप्रतिनिधीहरु, राजनितिक नेताहरू, दुवै क्याम्पसका संस्थापकहरु, चन्दादाताहरु, साधारण सभाका सदस्यहरु, संचालक समितिका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, पूर्व प्राध्यापकरकर्मचारी तथा कार्यरत प्राध्यापकरकर्मचारी, पूर्व तथा वर्तमान विद्यार्थीहरु, सामाजिक अभियन्ताहरु, उद्योगी व्यवसायीहरु, पत्रकारहरु, शुभचिन्तक तथा शिक्षा पदाधिकारी र शिक्षाविदहरुको विशेष सद्भाव र सहयोगकाका लागि समेत अपिल गरिएको छ ।
?मष्खश्रअहिले गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर सहित २ सय ६२ र शिवालय बहुमुुखि क्याम्पसमा २६८ जना विद्यार्थी रहेका छन् ।
पर्वत जिल्लाभर १२ वटा क्याम्पस संचालनमा रहेका छन् । अधिकांस क्याम्पस आर्थिक अभावका कारण धराशायि अवस्थामा संचालन भैरहेका छन् ।

ताजा

Related Articles