29.1 C
Kathmandu
Saturday, July 27, 2024

राष्ट्रिय सभाका लागि गण्डकीमा गठबन्धनका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता

पोखरा-राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा   कांग्रेसले २ र माओवादीले १ सिट पाएको छ ।

नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार हुँदा जित नजिक छन् ।

सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा देखिन्छ ।

एमालेको २ हजार ४३९ मतभार छ भने राप्रपाको १०६ जोड्दा उनीहरुको पक्षमा २ हजार ५४५ मतभार छ । तर राप्रपाले दुई सिटमा आफ्नै उम्मेदवार उठाएको छ ।

ताजा

Related Articles