28.1 C
Kathmandu
Tuesday, July 16, 2024

रिटर्नी सेन्टर नेपाल पर्वत र म्यादीकाे जिल्ला भेला सम्पन्न

निर्मल पौडेल,पर्वत-रिटर्नी सेन्टर नेपाल पर्वत र म्याग्दीकाे प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । रोजगारको लागि बिदेश गएर फर्किएकाहरु एकीकृत भएर जिल्ला भेला गरेका हुन। पर्वत जिल्ला भेलाकाे उद्घाटन गर्दै प्रमुख अतिथि तथा माओवादी केन्द्रका प्रखर युवा नेता शंकर गिरीले विदेशबाट फर्किएका युवाहरु विकास र परिवर्तनको मेरुदण्ड भएको बताए ।गिरिले बिदेश बाट फर्केका युवाहरुले बिदेशमा सिकेको ज्ञान र सीप लाई स्वदेशमै लगानी गरेर उत्पादन कार्यमा जाेडिन आग्रह गरे । पर्वत जिल्लाकाे प्रथम भेलाले राजु न्याैपानेकाे संयाेजक र अभिलास गिरी सचिव हुने गरि प्रत्येक पालिकाबाट समावेश गरि १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यस्तै म्याग्दी जिल्ला भेलाले नीलकण्ठ रेग्मी काे संयाेजकत्वमा रिटर्नी सेन्टर नेपाल म्याग्दी जिल्ला कमिटी गठन गरेकाे छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गाेविन्द पाैडेलले खाना लाउन पुग्ने,सबै सहज हुंदाहुदै पनि अभिभावकले विदेश पठाईरहेकाे अवस्थामा विदेशबाट सिकेर आएकाे सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपालले अभियान थाल्नु सुखद भएकाे बताए ।” अब गफ गर्न हाेईन उत्पादन मै जुट्नुपर्छ ।” पाैडेलकाे आग्रह थियाे । रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयाेजक ईश्वरी प्रसाद ढकाल , केन्द्रीय सचिवालय सदस्य बालकृष्ण मरासिनी , गण्डकि प्रदेशका सह-संयाेजक भूवन गुरुङ, प्रदेश सदस्य हिरा बहादुर रेग्मी,रेशम केसी समेतकाे उपस्थितीमा भेला सम्पन्न भएकाे थियाे । कार्यक्रम गण्डकि प्रदेश कमिटी संयाेजक ईश्वरी प्रसाद ढकालकाे अध्यक्षमा सम्पन्न भएको थियाे । रिटर्नी सेन्टर मुस्ताङको भेला पाेखरामा गरिने रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले जनाएको छ ।

ताजा

Related Articles