28.1 C
Kathmandu
Tuesday, July 16, 2024

बिरेठाँटी-मुक्तिनाथ केलबकार ८१ किमि लामो हुने

पर्वत-८१ किलोमिटर लामो मुक्तिनाथ केबलकार आयोजनाको १६ र १७ वैशाखमा हुन लागेको लगानी सम्मेलनमा सेयर तथा ऋण लगानी सम्झौता गर्ने तयारी गरिएको छ । वैशाख दोस्रो साताभित्र सरकारले इआइए स्वीकृत र लगानी बोर्डले परियोजना लगानी सम्झौता (पिआइए) गरेमा लगानी सम्मेलनमा सेयर तथा ऋण लगानी सम्झौता गर्ने योजना मुक्तिनाथ दर्शन प्रालिको रहेको खबर नयाँ पत्रिकाले प्रकाशीत गरेको छ।

कम्पनीले गत साता आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) र अद्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगानी बोर्डमा पेस गरेको छ । ‘परियोजना बनाउन कम्पनी तयार भइसकेको छ । अब सरकारले कानुनी प्रक्रिया पूरा गरिदिनुपर्छ,’ कम्पनी सचिव सुमित्रा पाण्डेले भनिन्, ‘सरकारले कानुनी प्रक्रिया पूरा गरिदिएमा लगानी सम्मेलनमा सेयर तथा ऋण लगानी सम्झौता हुन्छ ।’

परियोजनाको लागत अनुमान ५५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । त्यसको ८० प्रतिशत अर्थात् ४४ अर्ब १४ करोड रुपैयाँ लगानी ऋणमार्फत जुटाइँदै छ । भारतको के एन्ड आर इन्जिनियरिङ कम्पनीले इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्र्याक्ट र लगानी (इपिसिएफ) मोडेलमा यस आयोजनामा ऋण लगानी गर्ने समझदारी भइसकेको छ । यसैगरी, २० प्रतिशत अर्थात् ११ अर्ब चार करोड भने कम्पनीले सेयर (स्वपुँजी)का रूपमा लगानी गर्नेछ । त्यसमध्ये आयोजना प्रभावित बासिन्दालाई १० प्रतिशत र सर्वसाधारणलाई ३५ प्रतिशत अनुपातमा आइपिओ निष्कासन गरिनेछ । बाँकी ५५ प्रतिशत सेयर भने संस्थागत हुनेछ, त्यसमा २७.५ प्रतिशत सिंगापुरको कम्पनीले लिँदै छ । २७।५ प्रतिशत संस्थापक सेयर मुक्तिनाथ दर्शन प्रालिको हुनेछ । के एन्ड आर कम्पनीले ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने समझदारी छ ।

ताजा

Related Articles