28.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वत अस्पतालमा एकै दिन ३ वटा शल्यक्रिया

पर्वत जिल्लाको एक मात्र सरकारी अस्पताल पर्वत अस्पतालमा एकै दिन ३ वटा सफल अप्रेशन भएका छन् । अस्पतालका अध्यक्ष शंकर गिरीका अनुसार एक बालकको एपेन्डिक्सको सहित एकै दिन ३ वटा अप्रेसन भएका हुन् ।

‘पर्वत अस्पतालको गुणस्तर सुधार क्रमशः सुधार्दै जाने रणनीतिमा छौ’ अस्पतालका अध्यक्ष गिरीले भने – बिशेषज्ञ चिकित्सक सरकारले पठाउने हो भने सेव प्रवाहमा समस्या छैन् । पछिल्लो समय बिशेषज्ञ चिकित्सक डा. हेमन्त बास्तोला आएसँगै अस्पतालमा शल्यक्रियाका सेवाहरु सुचारु छन् ।

भौतिक पूर्वाधार निर्माण भएपनि अस्पतालले बेला बेलामा बिशेषज्ञ चिकित्सकको अभावका कारण समस्या‌ बेहोर्दै आइरहेको छ ।

ताजा

Related Articles