28.1 C
Kathmandu
Tuesday, July 16, 2024

७८ औं शहिद दिवसको अवसरमा पर्वतमा सम्मान तथा सहयोग हस्तान्तरण

पर्वत७८ औं शहिद दिवसको अवसरमा पर्वतको कुश्मामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा राष्ट्रिय सभा सदस्य मनरुपा शर्मालाई सम्मान गरिएको छ । कार्यक्रममा शहिद परिवारलाई सम्मान गर्नुका साथै विभिन्न संघसंस्थाहरुलाई राहात सहयोग हस्तान्तरण गरिएको छ ।

विगत ३० वर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको मुल आयोजनामा दर्जन भन्दा बढि संघसंस्थाको सह-आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा शहिद परिवार सदस्य एवम् राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीलाई वधाईका साथ सम्मान गरिएको थियो भने शहिद गोविन्दनाथ शर्माको भाई हेम शर्मा पौडेल र देव शर्मा पौडेल, प्रजातन्त्र सेनानी हरिप्रसाद शर्मालाई लोकतन्त्र प्राप्तिको लागि गर्नु भएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो । दिवसको अवसरमा जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थालाई आर्थिक सहयोग समेत प्रदान गरिएको छ । कार्यक्रममा रोटरी क्लव अफ पर्वतलाई ३० हजार, रोट्याक्ट क्लव अफ पर्वतलाई ४० हजार, इनरह्वील क्लव अफ पर्वतलाई २० हजार, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानलाई २५ हजार र अल्पेश्वर गुफा व्यवस्थापनलाई१५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । उक्त अवसरमा अवसरमा कुन.पा वडा नं. १ का प्रकाश सुवेदी र मोदी गा.पा. वडा नं. ७ निवासी जलन हमाललाई १२ हजार रुपैयाँ उपचारर्थ सहयोग प्रदान गरिएको छ ।

कार्यक्रममा स्वागत सँगै कार्यक्रमको उद्देश्य माथि नेष्डो समृद्ध समूहका अध्यक्ष विश्व प्रकाश प्रसाईले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले शहिद राष्ट्रको सम्पत्तिको रुप भएको भन्दै द्वन्दको दिर्घकालिन व्यवस्थापन र शहिद परिवार, घाईते र द्वन्द प्रभावितको हक हितमा आँफु लागी पर्ने वताउनु भयो । आँफु वजेट वाँडने भन्दा कानून निर्माण गरी हरेक जनतालाई लोकतन्त्रको अनुभुति दिलाउन प्रयासरत रहने उहाँको प्रतिवद्धता थियो ।

कार्यक्रमका नेपाली कांग्रेसका उपसभापति चुडमणी शर्मा, नेकपा एमालेका अध्यक्ष राजु पौडेल, नेकपा माओवादीका नेता एवम्सविधान सभा सदस्य गुणाखर वस्याल, नेकपा एकिकृत समाजवादीका सचिव गणेश पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल र सम्मानित सहिद परिवारको तर्फवाट गोविन्दनाथका भाई हेम शर्मा पौडेलले समेत मन्तव्य राख्नुभएको थियो ।

नेष्डो नेपालका संस्थापक अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीको धन्यवाद एवम् सञ्चारकर्मी ठाकुरी रसाईलीको सञ्चालनमा कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

ताजा

Related Articles