28.1 C
Kathmandu
Monday, July 15, 2024

फेब्रुअरी महिना: आयोडिन नुनको सचेतना जगाउन पर्वतमा पत्रकार अन्तरक्रिया

पर्वत-थोरै नुन खाऔं, सही मात्रामा खाऔं दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाऔं भन्ने नाराका साथ आयोडिन महिना फेब्रुअरी-२०२४ का अवसरमा पर्वतमा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ्य कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम आज कुश्मामा सम्पन्न भएको हो ।
आयोडिनको फाइदा र अत्यधिक नुन सेवनका बेफाइदाहरुका बारेमा पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोलाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । आयोडिनको कमिले गर्भ तुहिने, मरेको बच्चा जन्मिने, बच्चा जन्मिएको केही दिनमा नै मर्ने, अपांग लुलो लंगडो, लाटो लठेब्रो जस्ता बच्चा जन्मने गम्भीर समस्या देखा पर्ने बास्तोलाले बताउनुभयो । शरीरले प्राप्त मात्रामा आयोडिन नपाएमा नवजात अवस्थामा गलागाँड, हाइपरथाइरोडिजज्म, बालबालिकामा हाइपरथाइरोडिजज्म, पढाइमा कमजोर र सुस्त मनस्थिति र वयस्क अवस्थामा गम्भीर गलागाँड,हाइपरथाइरोडिजज्म र मानसिक क्षमतामा कमि हुने डाक्टरको भनाइ छ । त्यस्तै अत्यधिक नुन सेवनले उच्च रक्तचाप, मुटु रोगको जोखिम, हृदयघातको जोखिम लगायतका समस्या देखिने उहाँले बताउनुभयो । स्वास्थ्य जिवनका लागि नुन थोरै र सहिमात्रमा खानुपर्ने डाक्टर बास्तोलाले जोड दिनुभयो ।
फेब्रुअरी महिना आयोडिन महिना भएको र आयोडिनको कमिले हुने विकृतिहरु सम्बन्धि जनचेतना जगाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय पर्वतका फोकल पर्सन तेजप्रसाद सुवेदीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले स्वास्थ्य कार्यालय पर्वतले संचालन गर्ने हरेक कार्यक्रम तथा जनस्वास्थ्यका अभियानमा पत्रकार महासंघ र जिल्ला स्थित पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गरेको बताउनुभयो ।
फेब्रुअरी महिना: आयोडिन नुनको सचेतना जगाउन पर्वतमा पत्रकार अन्तरक्रिया ।
पर्वत-थोरै नुन खाऔं, सही मात्रामा खाऔं दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाऔं भन्ने नाराका साथ आयोडिन महिना फेब्रुअरी-२०२४ का अवसरमा पर्वतमा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ्य कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम आज कुश्मामा सम्पन्न भएको हो ।
आयोडिनको फाइदा र अत्यधिक नुन सेवनका बेफाइदाहरुका बारेमा पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोलाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । आयोडिनको कमिले गर्भ तुहिने, मरेको बच्चा जन्मिने, बच्चा जन्मिएको केही दिनमा नै मर्ने, अपांग लुलो लग्ङडो, लाटो लठेब्रो जस्ता बच्चा जन्मने गम्भीर समस्या देखा पर्ने बास्तोलाले बताउनुभयो । शरीरले प्राप्त मात्रामा आयोडिन नपाएमा नवजात अवस्थामा गलागाँड, हाइपरथाइरोडिज्म, बालबालिकामा हाइपरथाइरोडिज्म, पढाइमा कमजोर र सुस्त मनस्थिति र वयस्क अवस्थामा गम्भीर गलागाँड,हाइपरथाइरोडिज्म र मानसिक क्षमतामा कमि हुने डाक्टरको भनाइ छ । त्यस्तै अत्यधिक नुन सेवनले उच्च रक्तचाप, मुटु रोगको जोखिम, हृदयघातको जोखिम लगायतका समस्या देखिने उहाँले बताउनुभयो । स्वास्थ्य जिवनका लागि नुन थोरै र सहिमात्रमा खानुपर्ने डाक्टर बास्तोलाले जोड दिनुभयो ।
फेब्रुअरी महिना आयोडिन महिना भएको र आयोडिनको कमिले हुने विकृतिहरु सम्बन्धि जनचेतना जगाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय पर्वतका फोकल पर्सन तेजप्रसाद सुवेदीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले स्वास्थ्य कार्यालय पर्वतले संचालन गर्ने हरेक कार्यक्रम तथा जनस्वास्थ्यका अभियानमा पत्रकार महासंघ र जिल्ला स्थित पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गरेको बताउनुभयो ।

ताजा

Related Articles