26.1 C
Kathmandu
Saturday, April 18, 2026

पर्वत अस्पतालको सहयोगमा ट्राफिक प्रहरीहरुको निशुल्क स्वास्थ्य परिक्षण

निर्मल पौडेल-पर्वत अस्पतालको सहयोगमा ट्राफिक प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। आज जिल्ला अस्पताल पर्वतमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका कर्मचारीहरुको निशुल्क स्वास्थ परिक्षण गरिएको हो। विशेष गरि ट्राफिक प्रहरीहरुको दाँत सम्बन्धी,आँखा सम्बन्धी, पेट छाती तथा मुटु,सुगर,प्रेसर लगायत सवै स्वास्थ्य परिक्षण गरिएको पर्वत अस्पतालले बताएको छ। स्वास्थ्य परिक्षण कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले मौसम परिवर्तन सङ्गै विरामीहरु बढ्दै गइहरेको अवस्थामा ट्राफिक सुरक्षाकर्मीहरुको स्वास्थ्य अवस्था लाई मध्यनजर गर्दै निशुल्क परिक्षण कार्यक्रम गरिएको बताउनु भयो। गिरिले मौसम परिवर्तनका कारण अस्पतालमा रुघाखोकी लगायत भाइरल ज्वरोका बिरामीहरू बढ्दै गएको प्रती चिन्ता व्यक्त गर्दै आम नागरिक लाई स्वास्थ प्रती सजक रहन आग्रह गर्नुभयो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतका प्रमुख सीताराम ओझाले ट्राफिक सुरक्षाकर्मीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने बातावरण अस्पतालले मिलाएकोमा अस्पताल लाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। ओझाले पर्वत जिल्लामा आँफू प्रमुख भएर आएसङ्गै ट्राफिक चेकजाँच देखि लिएर सडक सुरक्षा लाई प्रमुख रुपमा निगरानी राखेर अगाडि बढीरहेको बताउनु भयो। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोला लगायत विशेषज्ञ डाकटरहरुले ट्राफिक प्रहरी सुरक्षाकर्मीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको अस्पतालका सुचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिनुभएको छ।

ताजा

Related Articles