11.1 C
Kathmandu
Monday, February 9, 2026

आर्थर गाउँका घरघरमा शुद्ध खानेपानी पुगेपछि स्थानीय हर्षित

पर्वत-पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न १४ आर्थर स्थित रयाले गाउँका घरघरमा शुद्ध खानेपानी पुगेपछि सिङ्गो बस्ती अहिले निकै हर्षित छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ मार्फत बस्तीमा दोस्रो स्किम अन्तर्गत खानेपानी आयोजना सम्पन्न भएपछि सिंगो बस्तीमा खुशीयाली छाएको हो । खानेपानीको समस्याका कारण सास्ती बेहोर्दै आएका यहाँका बासिन्दाले २०७४ सालबाट शुरु भएको खानेपानी आयोजना अन्तर्गत अहिले ३६ घरमा खानेपानी प्राप्त गर्न सफल भएका छन् ।

दलित समुदायको बाग्लो बस्ती रहेको उक्त ठाउँमा स्थानीयले पुर्खौदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । आर्थर डाँडाखर्कबासीलाई स्वच्छ र गुणस्तरिय खानेपानी सहजरुपमा उपलब्ध गराउन आर्थिक वर्ष २०७४/०७५ मा विस्तृत सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा २ सय ९५ घरधुरीलाई खानेपानीको सेवा पुराउने उद्देश्य लिईएको थियो । ६ करोड ५५ लाख ५९ हजार ५ सय १४ रुपैयाको लागत ईष्टमेट स्वीकृत गरी १३ बटा स्किममा आर्थरवासीलाई शुद्ध खानेपानी पु¥याउन लागिएको खानेपानी कार्यालय बागलुङका शाखा अधिकृत टेकनारायण सुवेदीले जानकारी दिए ।

१३ स्किम मध्य दोश्रो स्किमको रुपमा राल्डाडा खानेपानी आयोजनाले ३६ घरधुरीलाई शुद्ध खानेपानी पुराउने उद्धेश्य राखिएको छ । विस २०७९ साल पौष १४ गते आर्थर खानेपानी उपभोक्ता समितिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय वाग्लुङ विच ३२ लाख ३५ हजारको लागतमा योजना सम्पन्न गर्नेगरी योजना सम्झौता भएको सुवेदीले बताए ।

गाउँमा सम्झौता बमोजिम खानेपानी धारा निर्माण भएर धारामा पानी झरेपछि आर्थरवासीमा सहज भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदमवहादुर क्षेत्रीले जानकारी दिए ।

एक घर एक धाराको पूर्व सांसद अर्जुनप्रसाद जोशीले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् । २०७४ सालमा बनेको तत्कालीन गण्डकी प्रदेश सरकारले एक घर एक धारा मार्फत सवै नागरिकको घर घरमा धारा जडान गर्ने लक्ष्य लिएको थियो । अझै पनि जिल्लाका धेरै बस्तीहरुमा खानेपानीको अभाव रहेको छ । मुख्य गरी कुश्माको पिपलटारी, फलेवासको शंकरपोखरी, विहादीको रानीपानी, शालिग्राम लगाएतका वस्तीहरुमा अझै पनि एक घर एक धारा पुग्न सकिरहेको छैन । प्रदेश सरकारले घोषणा गरेको एक घर एक धारा अभियान प्रभावकारी ढङगले सम्पन्न भएमा जिल्लाका सवै नागरिकको घर घर स्वच्छ पिउने पानी उपलब्ध हुनेछ ।

ताजा

Related Articles