21.1 C
Kathmandu
Thursday, April 16, 2026

भवानी विद्यापिठ माबिमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, नमुना आवासीय माबि प्रथम

पर्वत-पर्वतको फलेवास नगरपालिका-५ खानिगाउँ स्थित जिल्लाकै पुरानो तथा नमुना बिद्यालय भवानी विद्यापिठ माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यपात्रो अनुसार (विज्ञान–गणित) बिषयमा शुक्रबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । हाजिरीजवाफ प्रतियोगितामा नमुना आवासिय माध्यमिक विद्यालय कुश्मा प्रथम, भवानी विद्यापिठ माध्यमिक विद्यालय फलेवास द्धितिय, नारायण माध्यमिक विद्यालय कुश्मा तृतिय र सरस्वती माध्यमिक विद्यालय बाजुङ सान्तवना भएका भवानी बिद्यापिठ माबिका प्रधानाध्यापक अर्जुन कुमार रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने बिद्यालयलाई क्रमश: ६ हजार, ४ हजार, ३ हजार,१ हजार साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरीएको छ ।

पर्वत जिल्ला भित्र रहेका माध्यमिक तह अन्तर्गत कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षीत गरी कार्यक्रम आयोजना गरिएकोमा ११ बिद्यालयको सहभागीता रहेको उहाँले बताउनुभयो । विद्यार्थिहरुलाई अतिक्ति ज्ञान बढाउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरीएको बताउँदै प्रअ रेग्मीले सहभागि विद्यालयहरुलाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा राम माबि,जनकल्याण माबि, माटेदेवल जनसहयोगि (प्राविधिक तथा व्यवसायिक) माबि, जनज्योती माबि,स्वधर्म माबि, लिमिठाना माबि र जनता माबिको सहभागीता रहेको थियो । कार्यक्रममा फलेवास-५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने,नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, पत्रकार लगायतको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेपालीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन शिक्षक कृष्णराज पौडेल र अच्युत पराजुलीले गर्नुभएको थियो ।

ताजा

Related Articles