28.1 C
Kathmandu
Monday, July 15, 2024

समाजसेवी सुरेश घतानद्वारा जन्मदिनको अवसरमा दृष्टिबिहिन बिद्यार्थीलाई खाद्यान्न सहयोग

पर्वत-पर्वतको कुश्मा बजार स्थित शिवालय माबिमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई २२ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ । पर्वतको कुश्मा नगरपालिका -१ पाङ घर भै हाल रोजगारीको सिलसिलामा पोर्चुगलमा रहनुभएका सुरेश घतानले यहीँ माघ २२ गते आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।उहाँको आमा कलि बिक र बहिनी गौरी बिक बिद्यालयमा पुगेर चामल,दाल,नुन, तेल, चाउचाउ लगायत २२ हजार बराबरको खाद्यान्न सहयोग बिद्यालयका प्रअ भूपेन्द्र चापागाईलाई हस्तान्तरण गर्नुभएको हो । हाम्रो समाजमा पछिल्लो समय तडक भडक र फजुल खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गइरहेको बेला घतानले भने आफ्नो जन्मदिन मनाउने खर्च कटाएर सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । गत बर्ष पनि जन्मदिनमा घतानले उक्त बिद्यालयका विद्यार्थीहरुको अध्ययनमा सहज पुगोस् भनेर १० हजार सहयोग गर्नुभएको थियो ।

  ” सेवा नै मानवीय धर्म भएको उल्लेख गर्दै आफ्नो कमाइको केही प्रतिशत दिनदुखी, रोगी र समस्यामा परेकालाई सहयोग गर्ने गरेको सहयोगी सुरेश घतानले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो “हामी केहि काम गर्न सक्नेले अशक्त, असहाय र समस्या परेकालाई मानवीय हिसाब सहयोग गर्नुपर्छ, मैले आफुले सक्दो सहयोग गर्दै आएको छु, पिडामा मलम लगाउने, सहयोग गर्ने मेरो बानी परिसक्यो।” आफू परदेशमा भएपनि देशप्रतिको माया मनमा रहेको बताउदै कमाएको केही अंश आफ्नो गाउँठाउँमा रहेका असहाय र दुखी पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको घतानको भनाइ छ । आगामी दिनहरुमा पनि विपन्न, असहाय तथा अशक्तको सेवामा समर्पित रहने उहाँले बताउनुभएको छ । पछिल्लो समय समाजसेवी घतानले आर्थिक अभावमा उपचारमा समस्या भएका तथा गरिब र विपन्न दर्जनौं व्यक्तिहरुलाई आर्थिक सहयोग गरिसक्नुभएको छ ।

ताजा

Related Articles