28.1 C
Kathmandu
Tuesday, July 16, 2024

चुवा वडा कार्यालयद्वारा स्वास्थ्य स्वयंसेवीकाहरुलाई नगद सहित सम्मान

महेन्द्र जिसी,पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाले स्वस्थ्य स्वयंसेवीकाहरुलाई नगद सहित प्रोत्साहन र सम्मान गरेको छ । आइतबार वडा वडा कार्यलयले एक कार्यक्रमको आयोजना गरेर साबिक ९ वटा वडामा कार्यरत ९ जना स्वयंसेविकाहरुलाइ प्रोत्साहन गरेको हो । वडाको चालु खर्चबाट वडा समितिको निर्णय अनुसार स्वस्थ्य स्वयंमसेवीकाहरुलाई सम्मान गरिएको बताइएको छ । ३० वर्ष सेवा गरेका एक जनालाई स्वस्थ्य स्वयंसेवीका सीता परियारलाई उमेरहद नागेकोले रु ५० हजार नगद दिएर सम्मान सहीत बिदाइ गरिएको वडा कार्यालयले जनाएको छ ।रित्तै बिदाई हुनुपर्ने अवस्थामा वडाले आँफुलाई पहीलो पटक नगद सहीद बिदाई गरेकोमा परियारले खुसी व्यक्त गर्नुभयो । अन्य ९ जना स्वस्थ्य स्वयंसेवीकालाई नगद जनही ५ हजार उपलब्ध गराएर प्रोत्साहन गरीएको छ । भर्गवती भए देखी सुनौला हजार दिन सम्म वडाभित्रका आमाहरुको स्वास्थ्य अवस्थाको ख्याल राख्ने स्वस्थ्य स्वयमसेवीकाहरुलाई पहिलो पटक सम्मान गरीएको वडा अध्यक्ष सुरेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । जनाएको छ । जिवनभर स्वास्थ्य जस्तो संवेदनशील सेवामा लागेका र विना तलव आमा र शिशु स्वास्थ्यमा सेवा दिईरहेका र नगरका आमा शिशुस्याहरमा जुटीरहेका स्वस्थ्य स्वयमसेबिकलाई प्रोत्साहन सम्मान र प्रोत्साहन गरिएको केसीले बताउनुभयो । स्वास्थ्य स्वयंसेवीकाहरुलाई प्रोत्साहन राज्यका तर्फ देखी शुरु हुनुपर्ने अभियान वडाले शुरु गरेकोमा खुसी लागको स्वास्थचौकी चुवाका प्रमुख गोपाल आचार्यले बताउनुभयो । कार्यक्रममा वडा सदस्यहरु, स्वास्थ्य स्वयंसेवीकाहरु, कर्मचारीहरुको लगायतको सहभागिता रहेको थियो ।

ताजा

Related Articles