28.1 C
Kathmandu
Monday, July 22, 2024

गहते अम्बोट आधारभूत बिद्यालयले विद्यार्थीहरुलाई “दुना टपरी” बनाउने सीप सिकाउदै

पर्वत-पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित गहते अम्बोट आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ । शिक्षक शिक्षिकाहरुले बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप प्रदान गर्नुभएको हो । विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी अतिरिक्त क्रियाकलापमा जोड दिएको र यस्ता रचनात्मक क्रियाकलापबाट विद्यार्थीहरुमा जीवन उपयोगी सिपमा विकास हुने प्रधानाध्यापक ओमकार पौडेलले बताउनुभयो ।

स्थानीय स्तरमा पुजा आजा, बिहे, बर्तबन्ध लगायतका धेरै धार्मिक कार्यहरुमा प्रयोग हुने दुना टपरी बनाउन सक्ने सीप घट्दै गएको अवस्थामा बिद्यालयका बाबुनानीहरुलाई ब्यवहारिक सीप सिकाएको उहाँको भनाइ छ । दुन टपरी बनाउनका लागि पात टिप्ने, सिन्का बनाउने देखि दुना टपरी खुट्ने सम्मका कार्यमा विद्यार्थीहरु उत्साहित हुँदै सहभागी भएका प्रअ पौडेलले बताउनुभयो । बिद्यार्थीहरुको रचनात्मक कार्यमा हौसला दिनको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवँर लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै यहीँ फागुन एक गते बिद्यालयको आयोजनामा भएको टपरी निर्माण प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना सहित पुरस्कृत गरेको बताइएको छ ।

ताजा

Related Articles