21.1 C
Kathmandu
Thursday, April 16, 2026

गहते अम्बोट आधारभूत विद्यालयको ४४ औं वार्षिकोत्सब सम्पन्न, २ लाख ५० हजार बढीको अक्षयकोष स्थापना

पर्वत-पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित गहते अम्बोट आधारभूत विद्यालयको ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । फलेवास नगरपालिकाला नगरप्रमुख गङ्गाधर तिवारीको प्रमुख आतिथ्यमा विविध कार्यक्रमका साथ सनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमका अवसरमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ५ आरुचौर निवासि लक्ष्मी सापकोटले आफ्नो माता पिताको सम्झनामा ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको “छबिलाल बाटुली स्मृति अक्षयकोष ” स्थापना गर्नुएको बिद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले जानकारी दिनुभयो । त्यस्तै फलेवास नगरपालिका-४ मुडिकुवा निवासी उमामहेश घिमिरे, गोबिन्द घिमिरे र चेतनाथ घिमिरेले बिद्यालयमा साबिकमा रहेको “पुन्य भिमा अक्षय कोष” को राशि १ लाख ५ हजारमा ९५ हजार थप गरी २ लाख पुर्याउनुभएको पौडेलले बताउनुभयो । अक्षयकोषदाताहरुलाई विद्यालय परिवारका तर्फबाटधन्यवाद तथा सम्मान व्यक्त गरिएको प्रअ पौडेलले बताउनुभयो ।

बिद्यालयको उन्नयनका लागि आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै सबैको साथ सहयोगले बिद्यालय गुणस्तरीय शिक्षामा अब्बल भएको उहाँको भनाइ छ । कार्यक्रममा प्रअ पौडेलले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक  मोती चुवाइले गर्नुभएको थियोे ।

ताजा

Related Articles