पर्वत -७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेष्डो नेपालको आयोजनामा पर्वत अस्पतालका विरामीहरुलाई सोमबार फलफुल वितरण गरिएको छ । नेष्डो नेपाल, रोटरी, इनरह्वील तथा रोट्याक्ट लगायतका संस्थाहरुले अस्पताललाई नियमित रुपमा सहयोग गर्दै आएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । अस्पतालको सेवाको गुणस्तरीय अभिवृद्धिमा आँफू लागि परेको बताउदै दैनिक २ सय भन्दा वढि विरामीले वहिरङ्ग सेवा लिने गरेको उहाँले बताउनुभयो । अस्पतालको सेवालाइ प्रभावकारी बनाउन सामाजिक संघसंस्थाहरुसँग सहकार्य जरुरी रहेको गिरीको भनाइ छ । नेष्डो नेपालको आयोजना, रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत पोखरा तथा समृद्ध समूहमा आवद्ध विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न कार्यक्रम नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, रोटरी क्लव अफ पर्वतका अध्यक्ष योगराज गिरीको स्वागत एवम् रेडियो समृद्ध नेपाल ९२ मेगाहर्जका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेष्डो नेपाल, रोटरी क्लव अफ पर्वत लगायतका सामाजिक संघसंस्थाद्वारा जिल्ला कारागार शाखाका कैदी वन्दीलाई विभिन्न सामाग्री प्रदान गरिएको छ । यसरी प्रदान गरिएका सामाग्रीहरुमा एक थान टेलिभिजन, १ थान वाटर डिस्पेन्सर, २ थान भलिवल, १ थान नेट, २ थान तौल नाप्ने मेशिन, १ थान पँखा र २ थान व्याडमिन्टन सेट लगायतका सामाग्रीहरु रहेका छन् । सामाग्री वितरण कार्यक्रममा अध्यक्षको आसनवाट वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले देशमा विद्यमान उपलव्धी प्रजातन्त्रको देन भएको भन्दै कैदी वन्दीहरुको मानव अधिकारको सम्मानको लागि सामाग्री प्रदान गरिएको वताउनु भयो । उहाँले आफ्नो सहयोगमा राज्य र कुनै दातृ निकायको स्रोत नरहेको भन्दै दुःखले जोहो गरेको स्रोत साधन प्रजातन्त्र दिवसमा खर्चिन पाएकोमा खुशी व्यक्ति गर्नु भयो ।
पर्वत अस्पतालका बिरामीहरुलाई फलफुल वितरण
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले कारागारका कैदी वन्दीहरुलाई प्रजातन्त्र दिवसको अनुभुभती दिलाउन नेष्डो नेपाल लगायतका सामाजिक संघसंस्थाहरुले टेलिभिजन सहित खेलकुद सामाग्री प्रदान गरेकोमा खुशी व्यक्त गर्दै यसवाट कैदी वन्दीहरुमा प्रजातन्त्र दिवसको अनुभती हुने बताउनुभयो।

