28.1 C
Kathmandu
Monday, July 15, 2024

दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै किसानहरुद्धारा प्रजिअ लाई ज्ञापनपत्र

पर्वतपर्वतका किसान संगठनहरुले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न माग गदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । दुध उत्पादक किसानहरुको माग सम्बोधनमा सरकारले बेवास्था गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् । पर्वत जिल्लाका २१ वटा किसान संगठनहरुले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ,राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल दुग्ध व्यवसायी संघ, फलेवास नगर स्तरीय कृषि संजाल लगायत २१ किसान वटा संगठनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
मुलकमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्य सार्वजनिक हुँदै आएको र मुलुकको सबै ग्रामीण भेगबाट संकलन गर्न सक्दा दूधमा मुलुक आत्मनिर्भर बन्ने अवस्था रहेको किसान संघ संगठनहरूको दाबी छ ।

किसानहरुले दुग्ध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि ज्ञापनपत्र बुझाउन बाध्य भएको फलेवास नगर स्तरीय कृषि संजालका अध्यक्ष विनोद भुषालले बताए । भुषालको नेतृत्वमा पुगेको टोलीले अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको कृषि क्षेत्रको विकासका निम्ति सरकारले प्रभावकारी नीति अवलम्बन गरी कार्यान्वयन गर्न तत्परता नदेखाएको आरोप लगाए ।

उनीहरुले दुधको भुक्तानी गर्न बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै, भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न माग गरेका छन् । दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न सरकारसँग माग गरेका छन् । संगठनहरुले बिक्री नभएको दुधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट सरकारले रोक्न आवश्यक रहेको पनि बताएका छन् । नेपाली किसानले उत्पादन गरेको दुध नेपाली सेना, नेपाल प्रहरी लगायतका निकायहरुले अनिवार्य खरिद गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

ताजा

Related Articles