12.1 C
Kathmandu
Monday, March 16, 2026

पर्वतको कुश्मा स्थित माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत-पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । मंगलबार भएको थुनछेक बहसपछि जिल्ला अदालत पर्वतले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले फैसला सुनाएको स्रेस्तेदार राजु ढुंगानाले जानकारी दिए। श्रेष्ठ सहकारी ठगीमा २० दिनदेखि प्रहरी हिरासतमा थिए।

श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। यसअघि तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी संस्थाको ठगी प्रकरणमा पौडेल पुर्पक्षका लागि थुनामै थिए।जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै अर्जुनकुमार श्रेष्ठलगायतले मुद्दा दायर गरेका थिए। सहकारी रजिष्ट्रार कार्यालयले अनुसन्धान गर्दा सहकारीमा ११ करोड ११ लाख ९० हजार ३२२ रुपैयाँ हिनामिना गरेको आरोप बचतकर्ताको छ। सहकारीका अन्य २३ सञ्चालक भने फरार सूचीमा छन्।

तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका दुईजना र ग्रामीण विकास कृषि सहकारी संस्थाका ६ जना पुर्पक्षका लागि थुनामा छन्।

ताजा

Related Articles