28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वत सुनचाँदी व्यवसायी संघद्वारा स्थापना दिवसमा मोदीवेणीका बृद्धहरुलाई फलफूल वितरण

पर्वत-पर्वत सुनचाँदी व्यवासायी संघले मोदिबेणीधाममा फलफुल वितरण गरेको छ । संघले आफ्नो ११ औ स्थापना दिवसको अवसरमा शनिबार एक कार्यक्रमका बिच मोदिवेनीधाममा बसोबास गर्दै आइरहेका वृद्धहरुलाई फलफूल वितरण गरेको हो । वृद्धहरुलाई स्याउ,केरा,अङ्गुर,सुन्तला लगायतका फलफूल वितरण गरिएको संघका अध्यक्ष बिनोद बिक्रम पोखरेलले जानकारी दिनुभयो । मानवीय सेवा नै ठुलो धर्म भएको बताउदै आगामी दिनहरूमा पनि सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यवसायी संघका केन्द्रिय उपाध्यक्ष निर्मल विश्वकर्माले बृद्धअबश्थाका आमाबुबालाई फलफुल वितरण गर्नु अत्यन्त पुण्य कार्य भएको बताउदै सुनचाँदी व्यवसायी संघ सामाजिक कार्यमा अग्रसर भएको बताउनुभयो । उक्त कार्यक्रममा पर्वत सुनचाँदी व्यवसायी संघका पुर्व अध्यक्ष ठाकुर बि. पौडेल लगायत संघका सदस्यहरुको उपस्तिथि रहेको थियो । संघका अध्यक्ष विनोद बिक्रम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचीव कृष्ण विकले गर्नुभएको थियो ।

 

ताजा

Related Articles