जलजलामा वडा स्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप आयोजना हुँदै

142
पर्वत-पर्वतको जलजला गाउँपालिकाको आयोजनामा जलजला गाउँपालिकाको वडा स्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप–२०८० को आयोजना हुने भएको छ ।
जलजला स्थित खोलाखेत युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिता आउँदो फागुन र २६ र २७ गते सञ्चालन हुन लागेको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना बन्नेहरूले पुरस्कार स्वरूप क्रमशः एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र, ५० हजार पाँच सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र, ३० हजार तीन सय ३३ रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण पत्र र १० हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगितामा जलजला गाउँपालिकाभित्रका नौ वटा वडाहरूलाई सहभागी गराइने, सम्बन्धित वडा खेलाडी सहितको सिफारिस सम्बन्धी वडाबाट सिफारिस साथ पेस गर्नुपर्ने, वडा भलिबल टिमलाई कुनै शुल्क नलाग्ने र खेलमा विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने गाउँपालिकाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here