28.1 C
Kathmandu
Tuesday, July 16, 2024

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्षमा पर्वतका सन्तोष पौडेल

पोखरा-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन पृथ्वीनारायण क्याम्पस कमिटिको अध्यक्षमा पर्वतका सन्तोष पौडेल निर्वाचित भएका छन् । बिहिवार क्याम्पसमा सम्पन्न २५औं सम्मेलनबाट सर्बसम्मतले पौडेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
सानै समयबाट सामाजिक कामहरूमा क्रियाशिल पौडेल क्यापस कमिटी सदस्य , सचिब र सह संयोजक हुदै अध्यक्ष भएका हुन । बिद्यार्थी राजनीति बाहेक अन्य सामाजिक संघ सस्थाहरूमा पनि आबद्द रहि काम गर्दै आईरहेका छन । बाल क्लब, रेडक्रस, फलेवास नगर युवा क्लब, पहिलो पाईला नेपाल, नमस्ते नेपाल, फलेवास पोखरा सम्पर्क समाजलगायत विभिन्न सामाजिक कार्यसंग संलग्न रहेका छन् । पौडेलले अनेरास्ववियूमा यसअघि सम्मेलन आयोजक कमिटी सह संयोजकको जिम्मेवारी समाल्दै आएका थिए ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको नव निर्वाचित उपाध्यक्षमा पुस्पा गौडेल,सचिव : भुवनेश्वर तिवारी,सह सचिव: युनिक क्षेत्री,सह सचिव : प्रविन बि क र कोषाध्यक्ष :श्रवण कुमार सुनुवार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रेशम नायक क्षेत्री, मुवाज आलम,खुसिमान गुरुङ्ग, गोबिन छ्न्त्याल, निश्चल सिंह भन्डारी, अमृत परियार, सुजित पौडेल, सन्देश पौडेल, नवीन रिजाल, गोबिन्द अधिकारी,सृष्टि न्यौपाने, दिपा पौडेल, सरस्वती गैर्हे, अप्सरा सुवेदी र कुशल भन्डारी रहेका छन् ।

 

ताजा

Related Articles