28.1 C
Kathmandu
Tuesday, July 16, 2024

भूमि आयोग पर्वतद्वारा हालसम्मको कार्य प्रगति सार्वजनिक

पर्वत -राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले हालसम्म सम्पन्न भएका कामहरूको जानकारी गराएको छ । यहीँ फागुन मसान्तसम्म भए गरेका कामहरुको बारेमा शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्य प्रगति सार्वजनिक गरिएको हो ।
जिल्लाका सबै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन कार्य सम्पन्न भइ वडाबाट आवश्यक प्रक्रिया पूरा गरि पालिकामा पठाउने काम भएको जिल्ला समिति अध्यक्ष उदय प्रसाद सुवेदीले जानकारी दिनुभयो । जलजला, मोदी, बिहादी र महाशिला गाउँपालिकाबाट निवेदनहरुमाथी आवश्यक निर्णय भएर जिल्ला समितिमा आएको र कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैंयु गाउँपालिकाबाट निवेदनहरु आउने क्रममा रहेको उहाँले बताउनुभयो । जलजला, मोदी, बिहादी गाउँपालिकाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई उपलब्ध गराउने जग्गाको प्रस्तावित विवरण जिल्ला समितिमा आइसकेको छ ।
जलजला गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म र मोदी गाउँपालिकाको वडा नं. २ र ६ बाट प्रस्ताव भइ आएको जग्गाको नापजाँच भैसकेको छ। नापजाँच भएको कित्ता २ सय पुगेको र नापजाँच गरिएको ठाउँमा लालपुर्जा वितरणको तयारीमा रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
जिल्लाभर ७ पालिकाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरि ७ सय ७९ ले निवेदन भरेका छन् ।

ताजा

Related Articles