21.1 C
Kathmandu
Monday, March 16, 2026

पर्वतको फलामखानीमा बाघको आक्रमणबाट एकजना घाइते, बाघ घरमै आएपछि स्थानीय त्रसित

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानी राम्चेमा बाघले आक्रमण गर्दा एक जना घाइते हुनुभएको छ । हिजो राती ९ बजेतिर शौच गर्न बाहिर निस्केका ३० बर्षिय पोत बहादुर सुनारलाई बाघले आक्रमण गरेको हो । बाघ घरमै आएको र घरको ढोकाबाट बाहिर निस्किने बित्तिकै बाघले आक्रमण गरेको सुनारले बताउनुभयो । बाघको आक्रमणबाट घाइते भएका सुनारलाई उपचारका लागि पोखरा पठाइएको फलामखानीका वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले जानकारी दिनुभयो । बाघले पोत बहादुरको नाक, मुख चिथोरेको र शरीरका विभिन्न ठाउँमा आक्रमण गरेर घाइते गराएको उहाँले बताउनुभयो । पछिल्लो समय फलामखानीमा बाघको बिगबिगी बढेको र बाघले दुख दिएर सताएको स्थानीयले बताएका छन् । बाघ घरमै आएर गाई बाख्रा खाइदिने गरेको छ । बाघ गाउँघरमा आएर गाई बाख्रा खाने र मानिसलाई समेत आक्रमण गरेपछि स्थानीय त्रसित भएका छन् ।

ताजा

Related Articles