21.1 C
Kathmandu
Friday, April 17, 2026

पोखरा लेखनाथमा बस दुर्घटना,तस्बिर भाइरल

पोखरा- पोखराको लेखनाथ अर्चलेमा ब्रेक फेल भएर  बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस आज बिहान अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिनुभयो।

बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ ।

ताजा

Related Articles