27.1 C
Kathmandu
Saturday, July 27, 2024

शंकरपोखरीकी १४ बर्षिय बालिकाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल

पर्वत-पर्वतको फलेवास नगरपालिका- ३ शंकरपोखरी (नुवार)की एक बालिकाको आर्थिक अभावमा उपचारमा समस्या भएको छ । स्थानीय १४ बर्षिय सपना घिमिरेको उपचारमा समस्या भएपछि उनको उपचारका लागि सहयोगको अपिल गरिएको हो । केहि दिन अघि उनलाई उपचारका लागि पोखरा लगिएकोमा रोग पत्ता नलागेपछि डाक्टरले भरतपुर क्यान्सर अस्पताल जान सुझाएका छन् । तर, उनकी आमा संग भरतपुर जाने गाडी भाडा पनि छैन । घिमिरेलाई मणिपाल शिक्षण अस्पताल पोखराले भारतपुर जान सल्लाह दिएको थियो तर उनकी आमा शारदा घिमिरेले पैसाकै अभावले भरतपुर नलगी गाउँमै फर्काएर ल्याएकी हुन् ।
विरामी छोरी मणिपाल अस्पतालबाट गाउँमा ल्याएर राखेकी उनले कसैले अलिअलि सहयोग दिए भने बल्ल भरतपुर लैजाने सोचमा रहेको सुनाईन् । ‘ म संग एक रुपियाँ पनि छैन,’ उनले भनिन्,‘ गाउँले संग सक्दो सहयोग गर्न भनेकी छु । पैसा नभएपछि भरतपुर गएर उपचार गराउन नसकी छोरी लाई घरै ल्याएर सुताएकी छु ।’ उनी आँफै पनि वाक अपांगता भएकी महिला हुन् ।
विरामी सपनाका वुवा आनन्द घिमिरे केहि महिना देखि वेपत्ता छन् । भारतको मन्द्रासमा चौकीदारी काम खोजेर असोजमा भारत पसेका आनन्द मंसिर बाट वेपत्ता छन् । शुरुका दिनमा परिवार संग फोनमा कुरा गरेका उनी त्यसपछि वेपत्ता भएको भन्दै श्रीमती शारदा घिमिरे विभिन्न सञ्चारमाध्यममा पनि पुगेकी थिईन् ।
भारत जाँदा ऋण लिएको १५ हजार तिर्न नसकेकी शारदा अहिले छोरी विरामी भएर विस्तारामा लडेपछि थप विलखबन्दमा परेकी छन् । ‘ बुढा इण्डिया जाँदा १५ हजार खोजेर पठाएकी हुँ,’ अझै त्यो पैसा तिर्न सकेकी छैन । अहिले म अभागी लाई फेरि अर्को आपत्ती आईलाग्यो,‘ शारदाले गहभरी आँसु झार्दै भनिन्,‘ सहयोगी मन भएकाले दुई चार पैसा दिएर सहयोग गरिदिनुहोला ।’
आमा शारदाका अनुसार शुरुमा ज्वरो आएपछि सपना लाई पर्वत अस्पतालमा ल्याएर उपचार गरेर घर लगियो । औषधी खाने बेला सम्म निको हुने अनि फेरि ज्वरो आउने क्रम चलेपछि उनलाई सात दिन अगाडी मणिपाल अस्पताल लगिएको थियो । सबै परीक्षण गरेपछि मणिपालले भरतपुर क्यान्सर अस्पताल रिफर गरेको छ । उनलाई अस्पताल लैजाने पैसा नभएपछि गाउँमा सक्दो सहयोग संकलन गर्न थालिएको स्थानीय जनसहयोगी मावि चाउकाका प्रअ दुर्गा गिरीले बताए ।
ढुंगाले अठ्याएको टिनको छाप्रामुनी एकातिर श्रीमान हराएको पीडा र अर्कोतिर विमारले अठ्याएकी छोरी च्यापेर बसेकी शारदालाई न रातको निन्द्रा छ न दिनको भोक । उनी बस्ने झुपडी पनि छिमेकीको हो । खेतवारी केहि छैन । वचतको नाममा एक पैसा कतै छैन ।
सम्पत्तीको नाममा दुई जना छोराछोरी बाहेक अरु केही पनि छैन । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन मन्द्रास गएका श्रीमान पनि गुमनाम भएको र यहि बेला छोरी पनि विरामी भएर विस्तारामा लडेपछि स्थिती झन नाजुक भएको सपनाकि आमा सारादाले बताइन् ।

सहयोगका लागि पीडितको बैंक खाता विवरण

 

ताजा

Related Articles