18.1 C
Kathmandu
Monday, February 9, 2026

पर्वतको मल्लाजमा एक दम्पतीको विभत्स हत्या

पर्वत- पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजको दह मा एक दम्पत्तिको विभत्स हत्या भएको छ ।
स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घर भित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।

स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएको छ, उहाँले भन्नुभयो “पोखरावाट चिकित्सक सहितको टोली बोलाएर थप अनुसन्धान पछि मात्र घटनामा यकिन विवरण आउने छ ।”
जलजला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश जिसीले घर भित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पत्तिको शव विहान ९ बजे भेटिएकोे बताउनुभयो ।
घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

Related Articles