28.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतका कार्यालय प्रमुख र पत्रकारबीच अन्तरक्रिया: प्रशासनको तेस्रो चौमासिक कार्यप्रगति सार्वजनिक

पर्वत-पर्वत जिल्लामा रहेका सरकारी निकायका कार्यालयका प्रमुखसंग पत्रकारको अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्थित सरकारी कार्यालयहरुले आर्थिक बर्ष २०८०/०८१ को तेस्रो चौमासिक कार्य प्रगति सार्वजनिक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको कार्यप्रगति समिक्षा तथा अन्तरसम्बाद कार्यक्रममा सरकारी निकायले जनगुनासो नआउने गरी काम गर्न पत्रकारहरुले सुुझाब दिएका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्वतले तेस्रो त्रैमासिकको प्रगती सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले २०८० माघ १ देखी चैत्र मसान्त सम्म कार्यालयले सम्पादन गरेका कार्यहरुको जानकारी दिनुभएको हो ।
तेस्रो चौमासिकमा ५९६ नया नागरिकता ३ वटा गैर आवसिय नागरिकता र ११ प्रतिलिपी प्रदान गरेको छ । राहदानी तर्फ १५७८ वटा राहदानीको काम सम्पादन भएकोमा दुर्त राहदानी ९० वटा सिफारिस भएका छन् भने १७३१ वटा राहदानी वितरण गरिको कार्यालयले जनाएको छ ।

त्यस्तै यस अवधिमा १९५७ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता भएकोमा ८२८ जनालाई राष्ट्रिय परिचय पत्र कार्ड वितरण गरिएको छ भने ८४ जनाको नावालक परिचय पत्र जारी गरिएको छ ।

संघ संस्थातर्फ माघ १ देखी चैत्र मसान्त सम्म १४ वटा संस्था दर्ता भएका छन् भने ४३ वटा संस्था नविकरण भएका छन् । कार्यालयले यस अवधिमा विपदबाट क्षति भएका घरपरिवार लाई प्रदेश तथा संघबाट प्राप्त ३ लाख ३५ हजार ५ घर परिवारलाई वितरण गरिएको छ ।
पुन निर्माण पुनस्थापना अनुदान तर्फ यस अवधिमा पर्वतका सवै पालिकामा निर्माण भएका घरका लागि १ करोड १२ लाख ९० हजार अनुदान रकम लाभग्रहीहरुको खातामा उपलब्ध गराएको कार्यालयले जनाएको छ । कार्यक्रममा पर्वतका विभिन्न कार्यालयका प्रमुखहरुले कार्यालयको भौतिक प्रगतीको वारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी आचार्यले जनताको काम गर्दा ढिलासुस्ति र अनियमितता नगर्ने निर्देशन दिएका छन् । सरकारी कार्यालयहरुमा दैनिक सम्पादन हुने काम सहज र सरल तरिकाले गर्नुपर्ने प्रजिअ आचार्यको भनाई थियो । प्रजिअ आचार्यले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुले बस्तुनिष्ट पत्रकारिता गरेको भन्दै मुलधारको पत्रकारिता मार्फत खेलेको भूमिको प्रशंसा समेत गरेका थिए ।
जिल्लाका झण्डै २५ वटा सरकारी कार्यालयहरुले चौमासिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए । कार्यालयहरुको प्रगति समिक्षा पछिको अन्तरसम्बादमा पत्रकारहरुले कार्यालय प्रमुखहरुले जिल्लाको विकास निर्माणमा खेलेको भूमिको प्रशंसा गर्दै जनगुनासो आउने गरी काम नगर्न सुझाब दिएका थिए । सञ्चारकर्मी तथा पत्रकारहरुले शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार तथा वन कार्यालयसंग विभिन्न प्रश्नहरु समेत सोधेका थिए ।

पत्रकारहरुको प्रश्न र जिज्ञासाहरुको समेत उत्तर दिदै कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयबाट सम्पादन हुने कामको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष ओम शर्मा, सचिव राजबाबु पिसी, पत्रकारहरु गणेश पौडेल, गणेश गिरी, सुमन थापा, ठाकुर रसाइली लगाएतले कार्यालयबाट सम्पादन हुने सेवा प्रवाहको बारेमा प्रश्न र सुझाब राखेका थिए ।

ताजा

Related Articles