25.1 C
Kathmandu
Monday, July 22, 2024

नेष्डो नेपालको ३० औं वार्षिकोत्सब सामाजिक कार्य सहित सप्ताहव्यापी रुपमा मनाइने

पर्वत-सामाजिक कार्यमा सक्रिय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ । संस्थाको स्थापना दिवस एवम् संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको ५३ औं जन्मोत्सवका अवसरमा वैशाख १६ देखि २२ गते सम्म विभिन्न सामाजिक कार्यक्रम आयोजना गरिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

कार्यक्रम अन्तर्गत पहिलो दिन वैशाख १६ गते कुश्माको युनिभर्सल पाटी प्यालेसमा साप्तहिक कार्यक्रम शुभारम्भ समारोह रहने संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईंले जानकारी दिनुभयो । कार्यक्रमको दोस्रो दिन बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री तथा मानवीय राहात सहयोग गरिने बताइएको छ । तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण गरिने र चौथो विश्व मजदुर दिवस रहेकाले विश्व मजदुर दिवस विशेष कार्यक्रम रहने छ । पाँचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम संचालन गरिने प्रसाइले बताउनुभयो । कार्यक्रमको छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरीक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने बताएको छ ।
कार्यक्रम शुभारम्भ समारोहमा पर्वतका कलाकार,पत्रकार, राजनितीज्ञ लगायत सामाजिक व्यक्तित्वहरुलाइ सम्मान गरिने भएको छ । त्यस्तै विभिन्न रोगबाट ग्रसित भएका र आर्थिक अभावमा उपचारमा समस्या भएका विभिन्न व्यक्तिहरुलाई सहयोग गरिने बताइएको छ ।
२०५२ सालमा स्थापना भएको संस्थाले शिक्षा,स्वास्थ्य,संचार मानव अधिकार र सामाजिक सेवामूलक अभियान संचालन गर्दै आइरहेको छ । सामाजिक एवम् राजनैतिक व्यक्तित्व विश्व प्रकाश प्रसाइले आफ्नो जन्मोत्सवमा हरेक बर्ष यसरी नै सामाजिक कार्य एवम् सामाजिक अभियानहरु चलाउदै आइरहनुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छबिलाल तिवारी र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले नेष्डो नेपालको सामाजिक कार्यप्रति प्रशंसा व्यक्त गर्दै सप्ताहव्यापी कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रसाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन रेडियो समृद्धका स्टेसन म्यानेजर उत्तम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

सप्ताहव्यापी कार्यक्रम तालिका 

ताजा

Related Articles