28.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतको जलजलामा दम्पती हत्यामा संलग्न २ जनालाई पक्राउ गरि सार्वजनिक

पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाज दहका ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिय गमला जिसीको हत्यामा संलग्न २ जना अभियुक्तलाई  प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।

घटनामा सग्लन्न पर्वत जिल्ला जलजला गाउँपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षका कृष्ण बहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई  सार्वजनिक गरिएको हो । दर्जी हाल पाखरा स्थित नयाँ बजारमा डेरा गरी बस्ने गरेका थिए ।

झण्डै एक महिनाको लामो अनुसन्धान पछि हत्यामा सग्लन्न व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

घरमा बसीरहेका जिसी दम्पत्तिको गत चैत १९ गते रातीको समयमा हत्या भएको थियो । विहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पत्ति एक्लो घरमा बस्दै आइरहेका थिए ।

यसैगरी प्रहरीले हत्यामा सग्लन्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा सग्लन्न हुने थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ । पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । यसैरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

आरोपीहरुले रातीको समयमा विभिन्न बहान बनाएर घरमा गई सुन तथा धनमाल लुटपाटको सन्दर्भमा दम्पत्तिको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष रहेको छ ।

ताजा

Related Articles