11.1 C
Kathmandu
Monday, February 9, 2026

नेष्डो नेपालद्वारा १ सय ८३ मजदुरलाई भोजन र सरसफाइ सामाग्री हस्तान्तरण

पर्वत-१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पर्वतका विभिन्न क्षेत्रमा काम गर्ने १ सय ८३ मजदुरलाई भोजन र सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । सामजिक कार्यमा सकृय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवस र संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको जन्मदिनका अवसरमा श्रमिकलाई भोजनसँगै सरसफाइ सामाग्री वितरण गरिएको हो ।
संस्थाको स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मजदुर दिवसको अवसरमा बुधबार कुश्मामा अन्तरक्रिया कार्यक्रम सहित रात्रीभोजको आयोजना गरिएको थियोे ।
कार्यक्रममा बोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले केक काटेर मजदुरलाई खुवाएर मजदुरहरुसँगै दिवस मनाउन पाउदा खुसी लागेको बताउदै संस्थाले सधैं गरिब,विपन्न र असहायका हितमा काम गरेको बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित सवै मजदुहरुका वालवालिकाहरुलाई शैक्षिक सामाग्री झोला कपी पोषक उपलबध गराउने पनि प्रतिवद्धता गर्नुभएको छ ।
कार्यक्रममा उपस्थित सवै मजदुरहरुलाई साबुन, कोलकेट लगायतका सरसफाईका सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल ,कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम ,पर्वत अस्पतालका अध्यक्ष शंकर गिरि , नेपाल पत्रकार महासंघ पर्वतका सचिव राजवावु पि सी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवालाहरु पत्रकारहरु लगाएत मजदुरहरुको उपस्थिती रहेको थियो ।नेष्डो नेपालको स्थापना दिवसका अवसरमा पहिलो दिन वैशाख १६ गते कुश्माको युनिभर्सल पाटी प्यालेसमा साप्तहिक कार्यक्रम शुभारम्भ दोस्रो दिन बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री तथा मानवीय राहात सहयोग तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण चौथो दिन मजदुर दिवसको कार्यक्रम सम्पन्न भएका छन् भने पाँचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया ,छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरीक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रसाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेडियो समृद्ध नेपालका स्टेशनर म्यानेजर उत्तम प्रसाद अधिकारीको धन्यवाद मन्तव्य र संचालन संचारकर्मी ठाकुर रसाईलीले गर्नुभएको थियो ।

 

ताजा

Related Articles