29.1 C
Kathmandu
Saturday, July 27, 2024

नेपाली भाषा शिक्षक परिषद पर्वतद्वारा हिज्जे अभिमुखीकरण कार्यक्रम सम्पन्न

पर्वत-नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजना र फलेवास नगरपालिकाको समन्वयमा नेपाली बिषयका शिक्षकहरुका लागि हिज्जे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थितिमा उक्त कार्यक्रम शुक्रबार फलेवास नगरपालिका-४, मुडिकुवा स्थित माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माबिमा सम्पन्न भएको हो । कार्यक्रममा फलेवास नगरपालिका प्रमुख गङ्गाधर तिवारी, उपप्रमुख शोभा क्षेत्री ,नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्य ,नेपाली भाषा शिक्षक परिषदका केन्द्रीय सदस्य झलक पौडेल लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम सफल पार्नका लागी सहयोग गर्ने स्थानीय सरकार, बिद्यालय, शिक्षक तथा सम्बन्धित सरोकारवालाहरुलाई नेपाली भाषा शिक्षक परिषदका अध्यक्ष सन्तोष पौडेलले धन्यवाद व्यक्त गर्नुभएको छ । उद्घाटन चरण ,सैद्धान्तिक चरण र प्रयोगात्मक चरण गरि ३ चरणमा कार्यक्रम सञ्चालन गरिएको थियोे । परिषद्का अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता, सचिव झलक पौडेलको सहजीकरण ,कार्यक्रम संयोजक लक्ष्मण पौडेलको स्वागत मन्तव्य र परिषद्का सहसचिव कृष्णराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

ताजा

Related Articles