पर्वत-पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङमा जेष्ठ नागरिक सम्मान, गुरु पुजन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सामजिक कार्यमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवस र संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको जन्मदिनका अवसरमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाजुङका २ दर्जन बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ भने आफुलाई अध्यापन गराएका गुरुहरुलाई प्रसाईले सम्मान सहित अभिनन्दन गर्नुभयो । त्यस्तै आफुलाई असल शिक्षा, सत्मार्ग र प्रेरणा दिनुभएका गुरुहरुलाई समेत उहाँले सम्मान गर्नुभयो । बाजुङ वडाभित्रका विभिन्न ९ वटा बिद्यालयका ३ सय भन्दा बढी बिद्यार्थीहरुलाई झोला, कपी र कलम वितरण गर्नुभएको छ । जेष्ठ नागरिक ज्ञान, अनुभव र प्रेरणाको खानी भएकाले उहाँहरुलाई सधैं माया र सम्मान व्यक्त गर्नुपर्ने बताउदै अभिनन्दन गरिएको विश्व प्रसाद प्रसाईले बताउनुभयो । आफुले विगत देखि नै समाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा पनि निरन्तर समाजसेवामा सक्रिय रहने प्रसाइको भनाइ छ । अध्ययनमा समस्या भगेकाहरुलाई सहयोग गर्ने र एसईइ पास गरेर बेरोजगार भएकालाई सात दिनभित्र निवेदन दिन आग्रह गर्दै २० जनालाई रोजगार दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उक्त कार्यक्रममा सम्मानित व्यक्तिहरुको तर्फबाट बोल्दै महेन्द्र शिखरी माबिका पुर्व प्रधानाध्यापक काशिराम पोख्रेलले विश्व प्रसाद प्रसाईले जन्मदिन अनुकरणीय रि सामाजिक कार्यका साथ मनाएकोमा खुसी व्यक्त गर्दै प्रशंसा व्यक्त गर्नुभएको थियो ।
नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता संस्थाका प्रबन्धक उत्तम प्रसाद अधिकारीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संचारकर्मी ठाकुर रसाइलीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी,शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।नेष्डो नेपालको ३० औं स्थापना दिवस तथा संस्थापक अध्यक्ष विश्व प्रसाद प्रसाईको ५३ औं जन्मोत्सवको अवसरमा बैशाख १६ गतेदेखि विभिन्न सामाजिक कार्यहरूको साथमा सप्ताहव्यापी कार्यक्रमहरु भएका छन् ।
बाजुङमा प्रसाईद्वारा जेष्ठ नागरिक सम्मान, गुरुपुजन तथा शैक्षिक सामाग्री वितरण

