पर्वत उद्योग वाणिज्य संघद्वारा राष्ट्रिय सभा सदस्य र प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत र सम्मान

122

पर्वत-राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदी र कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमलाई स्वागत तथा सम्मान गरिएको छ । पर्वत उद्योग वाणिज्य संघले उहाँहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि स्वागत र सम्मान गरेको हो ।कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले पर्वत जिल्लाका विकासका लागि निजि क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले पर्वत जिल्लाका लागि आवश्यक योजनाहरु प्राथमिकिकरण गरेर आफुलाई उपलब्ध गराउन आग्रह गर्दै हरेक मन्त्रालयमा आफै फाईल बोकेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँ बजेट आउने क्रममा रहेको र आफुले जिल्लाका विभिन्न योजनाहरुलाई समावेश गर्न पहल गर्ने बताउनुभयो । कार्यक्रम बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमले नगरपालिकाको विकासका लागि निजि क्षेत्र र नगरपालिकाबीच आपसी समन्व्य र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उद्योगी व्यावसायीको सहयोग विना नगरको विकास हुन नसक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष केदारनाथ शर्माले जिल्लाको विकासका लागि उद्योग बाणिज्यसंघले स्थापना कालदेखिनै अग्रगामी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले सदरमुकामको खस्कदो व्यापार व्यावसायलाई बढाउनका लागि कुश्मादेखि बागलुङ जोडन् कुश्मा-कल्लेरी मोटरेबल पुल तत्काल निर्माणका लागि पहल गर्न आग्रह गर्नुभएको छ । उहाँले जिल्लाको विकासमा सवै सरोकारवाला एकजुट भएर लाग्न समेत आव्हान गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै उद्यो बाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले संघका गतिविधि, संघले अगाडि सारेका कार्यक्रम, वर्तमान जिल्लाको अवस्था र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन संघका निवर्तमान महासचिब रमेश लामिछानेले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here