फलेवासमा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यशाला सम्पन्न

279

पर्वत-पर्वतको फलेवास नगरपालिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।
फलेवास नगरपालिका र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतको आयोजनामा उक्त कार्यक्रम शुक्रबार खानिगाउँमा सम्पन्न भएको हो ।
नगरका विभिन्न सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तथा परिचालक लगायत सरोकारवालाहरुको उपस्थितमा उक्त कार्यशाला सम्पन्न भएको देविस्थान सामुदायिक सिकाइ केन्द्रका परिचालक रिमा गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा तथा मनाव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले शिक्षा प्रणालीको वर्तमान अवस्था र भावी योजना कार्यनीतिका बारेमा चर्चा गर्नुभएको थियोे । नेपालमा अनौपचारिक तथा अजीवन सिकाईको क्षेत्रमा गरिएका कामहरू र आगमी दिनहरूमा गर्नुपर्ने कार्यहरुको बारेमा उहाँले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री,शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद आचार्य, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडी लगायतले बोल्नुभएको थियोे । कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक सिकाई केन्द्रहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।सामुदायिक सिकाई केन्द्रहरुलाई जागरुक बनाउनको लागि विभिन्न पहलहरु भइरहेको बताइएको छ ।
देशभर २ हजार १ सय ५१ वटा सामुदायिक सिकाई केन्द्रहरु रहेको बताइएको छ। गण्डकी प्रदेशमा २ सय ४४ वटा सिकाई केन्द्र रहेकोमा पर्वत जिल्लामा २५ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन् । फलेवास नगरपालिकाभित्र ८ वटा सामुदायिक सिकाई केन्द्रहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here