28.1 C
Kathmandu
Tuesday, July 16, 2024

अपुन एचके फाउन्डेसनद्वारा बिद्यालय भवन निर्माणका लागि ८ लाख बढी आर्थिक सहयोग हस्तान्तरण

पर्वत-सामाजिक कार्यमा क्रियाशील अपुन एचके फाउन्डेसनले यहाँको एक विद्यालयको ट्रस भवन निर्माणका लागि ८ लाख ५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयमा उक्त भवन निर्माणका लागि सहयोग हस्तान्तरण गरिएको हो ।
बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको अपुन एचकेका भतिज आशिष वीर लोहनीले जानकारी दिनुभयो । पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ जन्मघर भई हाल हङकङमा बस्दै आउनुभएका समाजसेवी तथा अपुन एच.के. फाउन्डेसनका संथापक अपुन एचके भोटेले यसअघि पनि महेन्द्रोदय माबिमा ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
बिद्यालयमा अध्ययनरत गरिब, असहाय र जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आफ्ना स्वर्गीय आमा बिष्णु आर्य लोहनी र बुबा हर्कबहादुर आर्य लोहनीको स्मृतिमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।उहाँले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको छ ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद गुरुङले सहयोगदाता अपुन एचके फाउन्डेसन नेपालका संस्थापक अपुन एचके भोटेलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा महाशिला गाउँ शिक्षा समितिका सदस्य रुद्र बहादुर क्षेत्री, वडा सदस्य जयकली मल्ल, विभिन्न अक्षयकोष संरक्षकहरु, शिक्षक, अभिभावक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुन प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक कमल प्रसाद शर्माले गर्नुभएको थियो ।

ताजा

Related Articles