28.1 C
Kathmandu
Tuesday, July 16, 2024

महाशिला गाउँपालिकाको आगामी बजेट ३९ करोड १९ लाख ७५ हजार

पर्वत-पर्वतको महाशिला गाउँपालिकाले आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १६ अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष धनसुभा बिकले आर्थिक बर्ष २०८१-०८२ का लागि ३९ करोड १९ लाख ७५ हजार बजेट प्रस्तुत गर्नुभएको छ ।
जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु ४ करोड ५७ लाख २६ हजार ९ सय ८०, संघीय सरकार सशर्त अनुदान बाहेकका पूजींगत कार्यक्रम र क्षेत्रगत विकास खर्च तर्फ १२ करोड ९५ लाख ४६ हजार रुपैंया तथा संघीय सरकार सशर्त अनुदानतर्फ तोकिएका कार्यक्रमहरु सञ्चालन गर्नका लागि रु १८ करोड १७ लाख, प्रदेश सरकार शसतं अनुदान मार्फत तोकिएको आयोजानाको लागि रु ४० लाख, प्रदेश सरकार समपुरक योजनाको लागि रु.६० लाख रहेको छ । संघिय सरकार, अन्य विषयगत मन्त्रालय एवं विभागबाट प्राप्त हुने रकम सहित पुँजीगत खर्च, कार्यक्रम खर्च, विकास खर्च र चालु खर्च गरि जम्मा रु ३९ करोड १९ लाख ७५ हजार रुपैया मात्र व्यय अनुमान गरिएको छ । आगामी आ.व. २०८१।८२ को खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान मार्फत ७ करोड ११ लाख, संघिय सरकार ससर्त अनुदान मार्फत १८ करोड १७ लाख, संघीय सरकार राजश्व बांडफांड बाट रु. ५ करोड ५७ लाख रुपैयाँ, सघिय सरकार समपुरक अनुदान १ करोड, विशेष अनुदान १ करोड ५० लाख, त्यस्तै गण्डकी प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ ७२ लाख ६५ हजार, प्रदेश सरकार राजश्व बांडफांडवाट रु. २९ लाख ०८ हजार रहेको छ भने गण्डकी प्रदेश सरकार ससर्त अनुदानको रु. ४० लाख, तथा समपुरक अनुदान रु. ६० लाख आय अनुमान रहेको छ भने जिल्ला समन्वय समितिबाट रु.१२ लाख आय अनुमान रहेको छ । यसैगरि महाशिला गाउँपालिकाको आ.व. २०८१-८२ को जम्मा अनुमानित आन्तरिक राजश्व रु ७१ लाख, र यस वर्ष खर्च नभई वाँकी नगद अल्या रकम अनुमानित रु ३ करोड गरि जम्मा रु. ३९ करोड १९ लाख ७५ हजार रुपैंया मात्र आय अनुमान गरिएको छ ।
पुर्वधार विकासतर्फ ४ करोड ६२ लाख ४७ हजार ६ सय १५, सामाजिक विकासतर्फ ३ करोड ५ लाख ७७ हजार ७ सय ७५, स्वास्थ्य ३१ लाख १४ हजार, कृषि १ करोड ९७ लाख ४८ हजार २ सय ५०, उद्योग वाणिज्य तथा रोजगारका लागि १२ लाख २० हजार, पर्यटन साझेदारी र समपुरककोष १५ लाख, महाशिला विकास स्वयंसेवक कार्यक्रम १ करोड ९३ लाख, सहकारी १ लाख ५० हजार, वित्तीय क्षेत्र ४ लाख, खानेपानी तथा सरसफाइ १५ लाख ३० हजार, संस्कृति प्रवर्द्धन ४ लाख ३० हजार, खेलकुद तथा मनोरञ्जन १३ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकारण १७ लाख, सिचाइ ८ लाख, भवन तथा सहरी विकास ६१ लाख, उर्जा, लघु तथा साना जलविद्युत ५ लाख, संचार १ लाख, वातावरण तथा विपद व्यवस्थापन १७ लाख ५८ हजार ७ सय ३०, सुशासन तथा सेवा प्रवाह तर्फ ८७ लाख ९३ हजार ६ सय ५० बजेट रहेको छ ।
गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । पालिकाका ६ वटै वडामा शिक्षा, स्वास्थ्य, सडक, सिचाइ, खानेपानी,कृषि, पर्यटन,रोजगार लगायतका क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  महाशिला गाउँपालिकाको समग्र विकास र समृद्धिलाई जोड दिएर जनमुखी नीति तथा कार्यक्रमहरु ल्याइएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । सुशासन र पारदर्शितालाई जोड दिदै नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिने उहाँले बताउनुभयो । वडा नं. ६ फलामखानीमा फलाम उत्खनन गरिएका सुरुङ तथा खानीहरुलाई पर्यटकीय गन्तव्य बनाउन पहल गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै गाउँ सभाबाट आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ पारित गरिएको छ ।

ताजा

Related Articles