28.1 C
Kathmandu
Monday, July 15, 2024

अविरल बर्षाका कारण महाशिला लुंखुमा एक घर भत्कियो

पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउराली आहालेमा एक घर भत्किएको छ । स्थानिय ७७ बर्षिय भविशराको बि.कको ढुङगा माटोले बनेको घर बुधबार बिहान भत्किएको हो ।
दिउँसोको समयमा घर भत्किएकोले मानवीय क्षति भने नभएको वडाध्यक्ष चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।  भत्किएको घरको मुचुल्का उठाएर राहतका लागी आवश्यक प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । घर भत्किएको जानकारी पाएपछि भत्किएको घरको अवलोकन गरिएको र घरमा बस्नै नमिल्ने गरि क्षति पुगेको महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा बि.कले बताउनुभयो ।
पीडितको घर पुनर्निर्माण लागि पालिकाबाट आवश्यक सहयोग गरिने र थप सहयोगका लागि सम्बन्धित निकायमा पहल गरिने बि.कले बताउनुभयो । चर्किएको भित्तामा पानी पसेपछि घरको अगाडिको भाग पुर्ण रुपमा भत्किएको छ ।

उक्त घरमा ७७ बर्षिय भविशरा बि.कसंगै उहाँका नाति र नातिनी बस्दै आएका थिए । भत्किएको घरमा बस्न नमिल्ने भएपछि अहिले उनिहरु गोठमा बसेका छन् ।

ताजा

Related Articles