21.1 C
Kathmandu
Friday, May 1, 2026

जिल्ला समन्वय समिति पर्वतद्वारा पत्रकारसँग समन्वय बैठक सम्पन्न

पर्वत-जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पर्वतमा क्रियाशिल पत्रकारहरुसँग समन्वय वैठक सम्पन्न भएको छ । पर्वतमा क्रियाशिल पत्रकारहरुको उपस्थितीमा उक्त बैठक आइतबार सम्पन्न भएको हो ।
वैठकमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपाल सरकारले दिएको अधिकारमा रहेर समन्वय समितिले यस आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा संचालित विभिन्न योजना अनुगमन तथा समन्वय वैठकहरु सम्पन्न गरिएको जानकारी दिनुभयो ।
कालिगण्डकी दोहन नरोकिएको विषयमा पत्रकारहरुले उठाएको प्रश्नमा विकले आफुले कालिगण्डकी दोहन रोक्नका लागि सक्दो प्रयास गरेको र कैयौ पटक नदी किनारबाट सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको उहाँले बताउनुभयो । स्थानिय सरकारको सक्रियतामा कमी हुदा कालिगण्डकी दोहन नरोकीएको विकको भनाई छ । अवैध तरिका वाट हुने कालिगण्डकी दोहन रोक्न सवैको सहयोग र सहकार्य आवश्यक उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समवन्वय अधिकारी कमल प्रसाद पुनले समन्वय समितिले यस आवमा सम्दान गरेका मुख्य कार्यक्रमहरु र उपलब्धीहरुको वारेमा जानकारी दिनुभएको थियो । जिल्ला समन्वय समितिको मुख्य कार्य नै संघ , प्रदेश सरकार र स्थानियतह वाट सम्पादन भएका योजनाहरुको अनुगमन गर्ने समन्वय गर्ने रहेकोले सोही अनुसार प्रगती प्रतिवेदन तयार भएको पुनले बताउनुभयो ।
कार्यक्रममा वोल्दै समन्व्य समितिका उप प्रमुख सोम जिसीले कालिगण्डकी नदीवाट लुकीचोरी गिटी वालुवाको विक्री वितरण हुने गरेको सत्य भएको वताउदै दोषीलाई कडाकारवाही गर्न नसकिएकोले पटक पटक कालिगण्डकी दोहन हुने गरेको बताउनुभयो ।
समन्वय वैठकमा उपस्थित पत्रकारहरुले जिल्ला समन्वय समितिले अनुगमन गर्ने योजनाहरमा पत्रकारहरुलाई पनि सहभागी गराइ अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
पछिल्लो समय संघ, प्रदेश र स्थानिय निकाय सम्पादन भएका विकास निर्माणका कार्यहरुमा गुणस्तरमा कमी आएको योजना पुरा नहुदै भत्तकिने गरेका घटना वाहिर आएका छन् ।
कार्यन्वयन भएका योजनाहरुको गुणस्तरमा कमी आएको भ्रष्टचार मौलाउदै गएकोमा दोषीहरुलाई कारवाहीको दाहेरामा ल्याउनु पर्ने सहभागीहरुले बताएका छन ।

ताजा

Related Articles