17.1 C
Kathmandu
Sunday, February 8, 2026

पर्वत बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण सम्पन्न

पर्वत-पर्वतको फलेवास नगरपालिका-६,देविस्थान स्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम हालै सम्पन्न भएको छ । क्याम्पसमा बि.एड चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुको लागि संचालन गरिएको अभिमुखिकरणको क्याम्पस प्रमुख लाल प्रसाद शर्माले सहजीकरण गर्नुभएको हो ।
क्याम्पस प्रमुख शर्माले अभ्यास शिक्षण, शिक्षण सम्बन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि गरिने अभ्यास भएको बताउदै विद्यार्थीहरुलाई दक्ष शिक्षक बन्नुपर्नेमा जोड दिनुभयो । शिक्षाशास्त्रका विषयमा अध्ययन गर्ने विद्यार्थीहरूले पूर्वनिर्धारित पाठ्यक्रमको आवश्यकता पूर्ति गर्नका लागि तोकिएको समयभरि खटाइएको सहयोगी विद्यालयमा प्रयोगात्मक र अभ्यासात्मक अध्ययन कार्य गर्नुपर्ने हुन्छ । त्यहीँ कार्यको सहजताका लागि क्याम्पसमा अभिमुखिकरण गरिएको हो ।
विशेषतः पाठ योजना, एकाइ योजना, वार्षिक शिक्षण योजना आदिका सन्दर्भमा उद्देश्य, विषयवस्तु, शिक्षण विधि/प्रविधि र मूल्याङ्कन जस्ता कुराहरू छनोट गरी प्रभावकारी शिक्षण गर्न अभ्यास शिक्षणले सहयोग पुर्‍याउने शर्माले बताउनुभयो । के पढाउने, किन पढाउने, कति पढाउने, केकस्ता सामग्री उपयोग गरी पढाउने, पढाइको प्रभावकारिता कसरी जाँच्ने जस्ता यावत् कुराहरूको सुस्पष्ट मार्ग निर्देशन अभ्यास शिक्षणबाट प्राप्त गर्न सकिन्छ ।
शिक्षण अभ्यास विद्यार्थीहरूले कक्षाकोठामा सैद्धान्तिक रूपमा हासिल गरेको ज्ञानलाई व्यावहारिक तथा प्रयोगात्मक रूपमा उतार्नका निमित्त गरिने शिक्षण सम्बन्धी अभ्यास वा तालिम भएको क्याम्पस प्रमुख शर्माको भनाई थियोे ।
अभिभुखिकरण कार्यक्रममा बि.एड चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको थियोे । ग्रामीण भेगमा स्थापित पर्वत क्याम्पसमा यस क्षेत्रका विद्यार्थीहरुले सहज तरिकाले आवासीय सुविधासहित उच्च शिक्षा हासिल गर्दै आइरहेका छन् ।

ताजा

Related Articles