21.1 C
Kathmandu
Friday, April 17, 2026

इनरह्वील क्लव अफ पर्वतको दशौं पदस्थापना: सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा 

पर्वत- स्वयमसेवी महिलाहरुको अन्तर्राष्ट्रिय सेवामुलक संस्था इन्टरनेशनल, डिष्ट्रिक–३५० अन्र्तगत गठित इनरह्वील क्लव अफ पर्वतको दशौं पदस्थापना समारोह मंगलवार कुश्मामा सम्पन्न भएको छ । सन २०१० मा रोटरी क्लव अफ पर्वतको सौजन्यतामा सामाजिक अभियन्ता लक्ष्मी कुमारी मेधासीको नेतृत्वमा ११ जना स्वयम्सेवी महिलाहरुवाट शुरुवात भएको क्लवमा आज पर्वत जिल्लाका स्वयम्सेवी भावनाले ओतप्रोत दर्जनौ महिलाहरु आवद्ध रँहदै आउनु भएको छ ।

इन्टरनेशनल इनरह्वीलको संस्थागत परम्परा वमोजिम वर्ष २०२३÷२४ का अध्यक्ष मिना जोशीले आफ्नो कार्यकालको कार्यप्रगति प्रस्तुत गर्दै कार्यकाल सफल वनाउन सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई मायाँको चिनो वितरण गर्दै वर्ष २०२४÷२५ का अध्यक्ष सरिता शर्मा भुषाललाइ आफ्नो पद तथा जिम्मेवार्री हस्तान्तरण गर्नु भएको थियो ।

पद तथा जिम्मेवारी ग्रहण गर्दै अध्यक्ष शर्मा भुषालले आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताको साथ मानवीय सेवामा समर्पित रहने भन्दै विगतान झै यस वर्ष पनि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नु भयो । स्वीकारोक्ती मन्तव्य सहित शर्माले आफ्नो वोर्डको पदस्थापना गराउनु भएको थियो । यसरी पदस्थापित हुने पदाधिकारीहरुमा आईपिपी मिना जोशी, भाईस प्रेसिडेण्ट सुजता वि.पौडेल, क्लव सेक्रेटरी तुलसी वि.पौडेल, ट्रेजरर लक्ष्मी उपाध्याय रहनु भएको छ । क्लवका अन्य पदाधिकारीमा आईएसओ गिता गिरी, इडिटर गौरी गिरी, वोर्ड मेम्वर कल्पना ढकाल, राधा पौडेल, लिला ढवाडी, मायाँ पुरी, सरस्वती शर्मा र सरस्वती भण्डारी रहनु भएको छ । अध्यक्ष लगायत सवै वोर्ड सदस्यहरुलाई डिष्ट्रिक चियरम्यान आशा कुमारी श्रेष्ठ र संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासीले पिनका साथै पुष्पा गुच्चाले सम्मान गर्नु भएको थियो । समारोहमा ३ जना नयाँ सदस्यलाई इन्डक्ट गरिएको छ । क्लवमा आवद्ध नयाँ सदस्यहरुमा सरस्वती शर्मा, सरिता शर्मा र अमृता विश्वकर्मा हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै डिष्ट्रिक चियरम्यान श्रेष्ठले इनरहवील अन्तर्राष्ट्रिय संस्था भएकोले विश्वव्यापी अभ्यासहरुलाई पालना गर्नुपर्ने वताउनु भयो । यस किसिमका संस्थाले महिलाहरुको नेतृत्व क्षमता विकास, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्वन्ध सुदृढीकरण र सामाजिक क्षेत्रमा महिलाहरुको सहभागिता अभिवृद्धि हुने वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका सस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले रोटरी, इनरह्वील जस्ता सेवामुलक संस्थामा आवद्ध भएर आफ्नो पसिनाको कमाईवाट समाजको दुःखमा योगदान गरी सन्तुष्टी पाईने वताउनु भयो । उहाँले रोटरी इनरह्वील भनेको पद र लोगो नभई मानवीय मन हो भन्दै अरुको पिडामा साथ नदिने रोटरी इनरह्वील वन्न नसक्ने वताउनु भयो ।

कार्यक्रमा डिष्ट्रिक वोर्ड मेम्वर निर्मला मल्ल, क्लवका सस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासी प्रसाई, रोटरी अध्यक्षीय क्लवका अध्यक्ष गणेश पौडेल, क्लवका अध्यक्ष विजय चापागाई, निवर्तमान अध्यक्ष योगराज गिरी, पुर्व अध्यक्ष शिव शर्मा पौडेल, रोट्याक्ट क्लव अप पर्वतका नि.वर्तमान अध्यक्ष सुजना पौडेल लगायतले इनरह्वील क्लवले समुदायमा गरेका रचनात्मक कामको चर्चा र प्रशंसा गर्नु भएको थियो ।

यसै विच क्लवले अरमटिका प्रतिष्ठानसंगको सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको इनरह्वील व्यवसायिक सम्मान तथा असल गृहणी सम्मान वितरण गरेको छ । सम्मानित व्यक्तित्वलाई दोसल्ला, प्रमाण पत्र सहित नगर रु ५ हजार प्रदान गरिएको छ । यसरी सम्मानित हुनेमा कुश्मा नगरपालिका, वडा नं. ३, दुर्लुङ्ग निवासी सफल लप्सी उद्यमी लक्ष्मी सुवेदी र कुश्मा नगरपालिका, वडा नं. १० निवासी विन्दु नेपाली हुनुहुन्छ ।

दशौं पदस्थापना समारोह क्लवका अध्यक्ष सरिता शर्मा भुषालको अध्यक्षता, वडा सदस्य कल्पना ढकालको स्वागत, उपाध्यक्ष सुजना वि.पौडेलको धन्यवाद एवम् सचिव सुजता वि. पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

Related Articles