11.1 C
Kathmandu
Monday, February 9, 2026

चितवन पहिरोमा बेपत्ता २ बस र यात्रुको खोजी कार्य चल्दै

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुई वटा बस र त्यसमा रहेका यात्रुको खोजी भइरहेको छ । पहिरोले बगाउँदा बस  त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५  जना यात्रु रहेका प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका प्रहरीको प्रारम्भिक अनुमान छ । तर यकिन विवरण थाहा भैनसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

ताजा

Related Articles