19.1 C
Kathmandu
Thursday, April 30, 2026

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीद्वारा रक्तदान र बिद्यालयमा स्यानिटरी भेन्डिङ्ग मेसिन वितरण

पोखरा-आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ औँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
इन्स्योरेन्सको गण्डकी प्रदेशको आयोजनामा वार्षिकोत्सबको अघिल्लो दिन शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सातौं वार्षिकोत्सवको अवसरमा सप्ताह ब्यापी कार्यक्रम संचालन गर्ने क्रममा शुक्रबार बिहान सभागृह , चिप्लेढुङ्गा, महेन्द्र पुल, पृथ्बीचोकबाट पुन: सभागृहसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो । त्यसपछि रक्तदान कार्यक्रम संचालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख केशब प्रसाद दाहालले रक्तदाता लाई “ब्लड ब्याग” हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै उहाँले बर्तमान समयमा स्थानीय स्तरमा ब्याप्त डेंगु रोगी र अन्य बिरामीको लागि रक्त अभाव भएको समयमा रक्तदान कार्यक्रम आयोजना गरेर आई.एम.इ. लाइफले पुण्य र पबित्र काम गरेकोमा बधाई तथा धन्यवाद ब्यक्त गर्नुभयो।
उक्त रक्तदान कार्यक्रममा ४४ पोइन्ट रगत संकलन भएको छ । कार्यक्रममा बिषेश अतिथि निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रदेश प्रमुख तथा रक्तदान कार्यक्रमका अध्यक्ष कर्म राज पौडेलले सम्पूर्ण अतिथि, सहभागी तथा रक्तदाताहरुलाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न जीवन बीमा तथा निर्जीवन बीमा कम्पनिका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन एरिया ब्रान्च मेनेजर कृष्ण पौडेलले गर्नुभएको थियो।
यसैबीच आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा लेखनाथ शाखाको आयोजनामा कम्पनिको सातौँ बार्षिक उत्सवका अवसरमा “कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी” कार्यक्रम अन्तर्गत बिद्यालयलाई स्यानिटरी भेन्डिङ्ग मेसिन वितरण गरिएको छ । कम्पनीका गण्डकी प्रदेश प्रमुख कर्म राज पौडेलले एक कार्यक्रमका बीच पोखरा महानगरपालिका -३० खुदीमा अवस्थित श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुको महिनावारीका कारण बिद्यालयमा भोग्नुपर्ने समस्यालाई न्युनिकरण गर्न उक्त मेसिन उपलब्ध गराइएको जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै उक्त बिद्यालयकी प्रधानाध्यापक सोमत कुमारी लामिछानेले नेपालमा भर्खरै प्रचलनमा आएको अत्याधुनिक स्यानिटरी भेन्डिङ्ग मेसिन उपलब्ध गराएकोमा आई.एम.इ.लाइफ इन्स्योरेन्सलाई धन्यवाद व्यक्त गर्नुभयो।
एरिया ब्रान्च मेनेजर कृष्ण पौडेलले संचालन गेरेको उक्त कार्यक्रममा MDRT कमला खत्री, MDRT मन बहादुर कुवँर, MDRT बिजय फुन्जालि र एजेन्सी मेनेजर गंगा गुरुङ सहित १ सय जना भन्दा बढी किशोरी छात्राहरुको सहभागिता रहेको थियो।

ताजा

Related Articles