25.1 C
Kathmandu
Friday, April 17, 2026

आर्थिक अभावमा चुवाका मृगौला पीडित भण्डारीको उपचारमा समस्या, सहयोगको अपिल

पर्वत-पर्वतको कुश्मा नगरपालिका-८,चुवाका २५ बर्षिय विजय भण्डारीको दुबै मृगौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । घरको आर्थिक अवस्था अति कमजोर भएका कारण छोराको उपचारमा समस्या भएपछि उनका बुबा शेर बहादुर क्षेत्रीले सहयोगको अपिल गर्नुभएको हो । उहाँले भन्नुभयो ” म आफै बिरामी छु,त्यसैमाथि लाउलाउ खाउखाउ भन्ने उमेरको छोराको एक्कासि दुबै मृगौला फेल भयो । ”  घरको आर्थिक अवस्था नाजुक छ, छोराको उपचारका लागि सहयोगी मनका धनिहरुसँग सहयोगको लागि हारगुहार गर्नुको विकल्प भएन, क्षेत्रीले नयन न्युजसँग दुखेसो पोख्नुभयो ।
विजयको अहिले पर्वत अस्पतातमा मृगौलाको डायलसिस भइरहेको छ । आर्थिक सहयोग पाएमा छोराको उपचारमा ठूलो राहत हुने बताउदै विजयको परिवारले सबैसँग सहयोगको अपिल गर्नुभएको छ । वैदेशिक रोजगारका लागि विदेश जाने तयारीमा रहेका विजयको एक्कासि मृगौलामा समस्या आएपछि सारै दुखी हुनुहुन्छ । उहाँले भन्नुभएको छ, म बाच्न चाहान्छु, सहयोग गरि मलाई बचाइदिनुहोस ।”  मृगौला पीडित विजयका भाइ अजयले भक्कानिदै भन्नुभयो ” मृगौला प्रत्यारोपणका लागि आमा र दिदि दाइलाई मृगौला दिन तयार हुनुहुन्छ,तर त्यसका लागि १५/२० लाख रकम चाहिने रहेछ । हामीसँग पैसा छैन, त्यतिधेरै रकम कसरी जोहो गर्ने हो ।” आ-आफ्नो ठाउँबाट जतिसक्दो सहयोग गरि दाइलाई बचाइदिन उहाँले अपिल गर्नुभएको छ ।  देश बिदेशमा रहेका सबै सहयोगी महानुभावहरुलाई उहाँले सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

सहयोगका लागि सम्पर्क तथा बैंक खाता विवरण
मृगौला पीडित विजयका बुबा शेर बहादुर क्षेत्री –9847736590
पत्रकार लक्ष्मण बिसि-9857675101

ताजा

Related Articles