19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतको अर्मादिमा एम्बुलेन्स र बस ठोकिँदा ५ जना घाइते, एकजनाको अवस्था गम्भीर

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा न ४ अर्मादी पुल नजिकैको घुम्तिमा एम्बुलेन्स र बस एक आपसममा ठोकिँदा ५ जना घाइते भएका छन् ।

नारायणगढबाट बाग्लुङ गइरहेको बा प्र ०६ ००१ ख ०३०० नम्बरको बस र पर्वतको जलजला गाउँपालिकाको ग १ झ ६९५ नम्बरको विरामी बोकेर पोखरा हिडेको एम्बुलेन्स आज दिउँसो ठोकिएका हुन् ।

दुर्घटनामा परी कुश्मा नगरपालिका १ पाङ बस्ने ४५ बर्षकी भगवती क्षेत्रीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुषालले जानकारी दिनुभयो ।

अवस्था गम्भिर रहेकी क्षेत्रीलाई पर्वत अस्पतालमा उपचार पश्चात पोखरा रिफर गरिएको छ ।

दुर्घटनामा परी कूश्मा १ पाङ कै ४९ बर्षकी केशरी अधिकारी र ५२ बर्षकी गीता कुमारी क्षेत्री र एम्बुलेन्सका चालक सामान्य घाइते भएका छन् । बिरामी भएर एम्बेलेन्समा उपचारका लागि पोखरा लैजादै गरेका ५५ बर्षका इश्वरी पाठक पनि दुर्घटनामा थप सामान्य घाइते भएको बताइएको छ । पाठकलाई बान्ता नरोकएपछि उपचारका लागि पोखरा लगिदै थियो । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप विवरण भइरहेको प्रहरी प्रमुख भुसालले बताउनुभएको छ ।

ताजा

Related Articles