लक्ष्मण बिसि,पर्वत-“आजको बचत, भोलिको आधार” भन्ने नारा सहित साथीभाइ खुत्रुके बचत समुह संचालन भएको छ । नेपालबाट रोजगारीको सिलसिलामा कतारमा गएका नेपालीहरुले दोहामा उक्त संस्था संचालनमा ल्याएका हुन । संस्थाको यहीँ सेप्टेम्बर ७ तारिखका दिन एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन तथा कार्यसमिति गठन गरिएको छ । 
कार्यसमितिको अध्यक्षमा धिर बहादुर गौतम, उपाध्यक्ष दिवस कुँवर, कोषाध्यक्ष सागर सुनार, सचिव संच लाल गोले र सह-सचिव बिमल सुनार चयन हुनुभएको छ ।
सदस्यहरुमा मन ब. सुनार (राजु), बिष्णु सुनार, प्रवेश पौडेल, शिव खवास, कृष्ण बहादुर सुनार (सेतेभाई) , सन्तोष बिक, रमेश सुनार र सफराज मिकरानी रहनुभएको छ । 
त्यस्तै वरिष्ठ सल्लाहकारमा नन्द लाल बिक तथा सल्लाहकारहरुमा मन बहादुर सुनार (ओम प्रकाश) र विक्रम पोख्रेल रहनुभएको छ । संचालक समितिको संयोजक दिवस कुँवर, सदस्यहरुमा सागर सुनार र बिमल सुनार रहनुभएको छ । ऋण लगानी तथा असुल उपर उप-समितिको संयोजक कृष्ण ब. सुनार (सेते भाई), सदस्यहरुमा मन बहादुुुर सुनार (राजु) र शिव खवास रहनुभएको छ । रोजगारीको लागि देश छोडेर विदेश आएका साथीहहरुले कमाएको रकम बचत गर्न सहज भन्ने उद्देश्यले नीति नियम बनाएर विधिवत रुपमा संस्था संचालनमा ल्याइएको कोषाध्यक्ष सागर सुनारले जानकारी दिनुभएको छ ।
समाजसेवी नन्दलाल बिकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी दिपक सुनार, मन बहादुर सुनार लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थालाई योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियोे ।
दोहामा साथीभाइ खुत्रुके बचत समुह संचालन,संस्थाको उद्घाटन तथा कार्यसमिति गठन

