19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत युवा संजालले जिल्लाका ६१ वटै वडामा शाखा स्थापना गर्ने

माघ ७,पर्वत– पर्वतमा सक्रिय युवाहरुको संस्था पर्वत युवा सञ्जालले जिल्लाका ६१ वटै वडामा वडा स्तरिय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ ।
आसन्न निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले शाखा कार्यालय स्थापना गर्न थालिएको हो । कुश्मा नगरपालिका वडा नं. ६ मा मुख्य कार्यालय रहेको सञ्जालले आगामी निर्वाचन र मंगलवार सम्पन्न भएको शान्तिपुर्ण र उत्साहवद्र्धक मनोनयन प्रकृयालाई स्वागतयोग्य कदम भएको ठहर गरेको छ ।
सञ्जालले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सम्पुर्ण जिल्लावासी नागरिकहरुलाई निर्वाचन प्रकृयामा सक्रिय, संयमित र शान्तिपुर्ण सहभागिता जनाउन पनि अपिल गरेका छन् ।
सञ्जालका अध्यक्ष समुन्द्र गिरी र सचिब मदन पौडेलद्धारा जारी बक्तव्यमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँदलीरहित रुपमा सम्पन्न गर्नका लागि स्वयं उम्मेदवार, राजनीतिक दलहरु लगायत सरोकारवाला सवै निकाय गम्भिर बन्न आग्रह गरिएको छ । मतदाताहरुलाई विभिन्न प्रलोभन देखाउने ठुलो आर्थिक धनराशीको चलखेल हुने जस्ता गतिविधि रोक्न पनि उनिहरुको आग्रह छ ।
उम्मेदवारका भावी योजना, उनिहरुको कार्यशैली र राजनीतिक दलहरुको बिचारका आधारमा स्वतन्त्र र निष्पक्ष भएर मत प्रकट गर्ने गराउने वातावरण सिर्जना गर्न युवाहरुले अपिल गरेका छन् ।
सञ्जालले प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई शाखा कार्यालय खोल्ने विषयमा पत्र बुझाएर जानकारी समेत गराएका छन् ।

ताजा

Related Articles