लक्ष्मण बिसि, पर्वत-आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखामा आर्थिक बर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजरहरुलाई ब्रान्च स्टार अवार्ड प्रदान गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि कम्पनीका गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेल, शाखा प्रमुख युवराज सिग्देल र बि.एस.ए. सन्जु कुमारी शर्माले अवार्ड वितरण गर्नुभएको हो ।
बर्ष भरिमा व्यक्तिगत कोड र टिम बिजनेसमा प्रथम जंग बहादुर मगर, दिर्तिय डिल बहादुर बिक र तृतीय गणेश प्रसाद आचार्यले अवार्ड प्राप्त गर्नुभएको छ ।
त्यस्तै सर्वाधिक बीमालेख जारिमा डिलबहादुर बिक र सर्वाधिक अभिकर्ता जारिमा जंग बहादुर मगरले अवार्ड प्राप्त गर्नुभयो । कार्यक्रममा बोल्दै आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले जीवन सुरक्षा, लगानी र बचतका लागि इन्स्योरेन्स गर्नुपर्ने बताउदै विश्वासिलो र भरपर्दो कम्पनीका रुपमा आई.एम.ई. लाइफ इन्स्योरेन्स रहेको बताउनुभयो । इन्स्योरेन्सले उत्कृष्ट बीमा योजना ल्याएको बताउदै अभिकर्ताले बिमितलाई उक्त योजना स्पष्ट बताएर बिमा गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
बिमा सम्बन्धि अन्योल हटाउन गाउँ गाउँमा जीवन बिमा सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उत्कृष्ट हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै आई.एम.ई. लाइफ इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख युवराज सिग्देलले उत्कृष्ट हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो व्यवसाय प्रवर्द्धन र आर्थिक समृद्धिको लागि सक्रियतासाथ लाग्न एजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपालमा बिमाको बारेमा सुनेका तर नबुझेकाहरुलाई बुझाएर बिमा कम्पनीको व्यवसाय प्रवर्द्धन गर्नका लागि आफुले भरपुर प्रयत्न गर्ने सिग्देलले प्रतिबद्धता व्यक्त गर्नुभयो । बिमा गर्ने व्यक्तिलाई बिमाको बारेमा राम्रोसँग बुझाएर बिमा गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै आइ.एम. ई.लाईफ इन्स्योरेन्स कुश्माका एजेन्सी म्यानेजर डिल बहादुर बिकले बिमा क्षेत्रमा काम गर्नु समाजसेवा भएको उल्लेख गर्दै यस क्षेत्रमा नाम,दाम र सम्मान रहेको बताउनुभयो । विभिन्न रोग तथा जोखिम बहन गर्न र उपयुक्त बचत गर्नका लागि बिमाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै सबैलाई बिमा गर्न अनुरोध गर्नुभयो ।
आई.एम.ई. लाइफ इन्स्योरेन्स कुश्मा उपशाखा प्रमुख युवराज सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन एजेन्सी म्यानेजर लक्ष्मण बिसिले गर्नुभएको थियोे ।

