19.1 C
Kathmandu
Friday, April 17, 2026

वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता पाएपछि स्थानीय खुशी

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीका स्थानीयले वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता पाएपछि खुशी भएका छन् । घण्टौ सम्मको लामो यात्रा गरेर बैंकसम्म पुग्ने बाध्यता हटेपछि लाभग्राही खुशी भएका हुन । यहीँ असोज १९ गते वडा कार्यालयले आ.व. २०८१/०२ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । वडाबासी लाभग्राहीको सहजताका लागि गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंक लुँखुको सहकार्यमा वडाका १ सय ७० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले जानकारी दिए । वडा अध्यक्ष विश्वकर्माले भने ” जनप्रतिनिधिको काम जनताको सेवा गर्नु हो, गाउँका वृद्ध, अशक्त र बालबालिकाहरुको सहजताका लागि वडा कार्यालबाट नै भत्ता वितरण गरेका छौँ ।” यस कार्यले बैंकसम्म पुग्न स्थानीयको समय र पैसा बचत भएको छ ।
वडाबाट नै भत्ता पाएपछि स्थानीय खुशी हुँदै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् । यसैबीच बैंक पुग्न असहज महाशिला गाउँपालिकाका अन्य वडाहरुमा पनि वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

ताजा

Related Articles