21.1 C
Kathmandu
Friday, April 17, 2026

महाशिलामा स्कार्पियो दुर्घटना, नेकपा एस पर्वतका सचिव हमाल सहित १० जना घाइते

पर्वत- नेकपा एकीकृत समाजवादी पर्वतका सचिव बिराज हमाल सहित सवारी दुर्घटनामा १० जना घाइते भएका छन् । पोखरा देखि पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुखुँदेउराली आउदै गरेको बि.ए.ए. १९९१ नम्बरको स्कारपियो कुर्घा थुममा मंगलबार राती करिब ८ बजेको समयमा ब्रेक फेल भएर दुर्घटना हुँदा हमालको परिवारका ४ जना सहित १० जना घाइते भएका हुन् ।

घाईते हुनेमा महाशिला गाउँपालिका वडा नं. ५, लुँखुदेउरालीका विराज हमाल उनको छोरा ८ वर्षिय बिशान हमाल, भाई १९ बर्षिय रमन हमाल र भतिज १९ वर्षिय लक्ष्मण हमाल रहेका छन् । त्यस्तै सोहि ठाउँका सवारी चालक २२ वर्षिय सुदर्शन मल्ल (अप्तर), ३८ वर्षिय सुरज उचै ठकुरी,६२ वर्षिय ओम बहादुर मल्ल, ४३ वर्षिया प्रमिला शाहि ठकुरी, महाशिला-३ बालाकोटका १५ वर्षिय दिनेशजंग गुरुङ्ग र ४५ वर्षिया पबित्रा गुरुङ्ग घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पर्वत अस्पताल ल्याइएको थियोे ।
घाइतेहरुको टाउको र छाति, नाक तथा हातखुट्टामा चोट लागेको पर्वत अस्पतालले जनाएको छ ।

घाइतेहरु मध्य सवारी चालक सुदर्शन मल्ल, प्रमिला सेन ठकुरी र पवित्रा गुरुङलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने अरु सबै उपचारपछि घर फर्किएका छन् । दशै मनाउन घर फर्किएका उनिहरु दुर्घटनामा परेका हुन ।

ताजा

Related Articles