25.1 C
Kathmandu
Friday, April 17, 2026

आँखा देख्न नसक्ने संगिताको दुबै मृगौला फेल भएपछि आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल

पर्वत-जन्मजात दुबै आँखा देख्न नसक्ने यहाँकी एक महिलाको दुबै मृगौला फेल भएपछि अहिले जीवन मृत्युको दोसाँधमा छट्पटी रहेकी छन् । संसार नै हेर्न नपाई जीवन गुजारी रहेकी चितवनको भरतपुर महानगरपालिका-२५, शुक्रनगरकी २९ बर्षिय संगिता महतोको बिगत ४ बर्ष अघि दुबै मृगौला फेल भएपछि झन् अर्को ठूलो समस्या आइपरेको हो । आँखा देख्न नसक्नुमा पीडा थियो नै, फेरि दुबै मृगौला फेल भएपछि मान्छेको जिन्दगीमा यो भन्दा महा बज्रपात के नै होला र? उनी अहिले आर्थिक अभावमा उपचार हुन नसकेपछि नाजुक अवस्थामा मृत्यु कुरेर घरमै बसिरहेकी छन् । आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको छ । उनले आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेकी छन् । घरको आर्थिक अवस्था अति कमजोर भएका कारण छोरीको उपचारमा समस्या भएपछि उनका बुबा जीवन महतोले सहयोगको अपिल गरेको बताए  । उनले भने ” खेती किसान गरेर घर गुजारा चलाएको छु, आर्थिक अवस्था नाजुक छ, छोरीको उपचारका लागि सहयोगी मनका धनिहरुसँग सहयोगको लागि हारगुहार गर्नुको विकल्प भएन ।” संगिताको अहिले मृगौलाको डायलसिस भइरहेको छ । भक्कानिदै उनले भने ” मृगौला प्रत्यारोपण गर्नका लागि १५/२० लाख खर्च लाग्ने रहेछ, म गरिबले त्यति धेरै रकम कहाँबाट जुटाउनु ।”  सबैबाट सहयोग प्राप्त भएमा छोरीलाई मृगौला दिन आफु तयार भएको उनले बताए । आर्थिक सहयोग पाएमा छोरीको उपचारमा ठूलो राहत हुने बताउदै संगिताको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । संगिताले भनिन् ” म बाच्न चाहान्छु, सहयोग गरि मलाई बचाइदिनुहोस ।”   देश बिदेशमा रहेका सबै सहयोगी महानुभावहरुलाई सहयोगको याचना गरेकी छन् ।

” रोगी, दिनदुखी, अशक्त र असहायलाई सहयोग गर्नु नै सबैभन्दा ठुलो मानवीय धर्म हो ।” आफ्नो तर्फबाट संगिताको उपचारका लागि जतिसक्दो आर्थिक सहयोग गरि उनको जीवन रक्षाका लागि सबैसँग अपिल गर्दछौं ।

सहयोगका लागि सम्पर्क:-
मृगौला पीडित संगिता महतो- 9869129529
मृगौला पीडित संगिताका बुबा, जीवन महतो –9812290674
पत्रकार,लक्ष्मण बिसि-9857675101

बैंक खाता विवरण:-

ताजा

Related Articles