21.1 C
Kathmandu
Friday, April 17, 2026

क्यान पर्वतको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा चयन

पर्वत-कम्प्यूटर एशोसियसन् महासंघ जिल्ला कार्य समिति पर्वतको ९ औं वार्षिक साधरण सभा तथा छैटौं अधिवेशन शुक्रबार कुश्मा बजारमा सम्पन्न भएको छ । उक्त अधिवेशनमाबाट भरत सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको समितिका निवर्तमान अध्यक्ष अच्युत पौडेलले जानकारी दिए । समितिको उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी सचिवमा मिलन पौडेल कोषाध्यक्षमा प्रवेशराज पुरी सहसचिवमा रमेश प्रसाद शर्मा र सदस्यहरुमा राधिका कुमारी शर्मा र जितलाल गिरी रहेका छन् । उक्त समितिमा ४ जना सदस्यहरु पछि मनोनित हुने बताइएको छ । कार्यक्रममा बोल्दै अधिवेशमा प्रुमख अतिथि क्यान महासंघ नेपाल केन्द्रीय कार्य समितिका सदस्य चिन्तामणी बास्तोलाले देश विकासमा सूचना प्रविधिको महत्वपूर्ण योगदान रहने बताए । उक्त कार्यक्रममा क्यान गण्डकीका सचिव खड्क बहादुर गुरुङ, क्यान गण्डकीका लेखा समिति संयोजक गोपीनाथ तिमिल्सिना, क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल, क्यान पर्वतका पूर्व अध्यक्ष ढाकाराम सापकोटा, क्यान कास्कीका पूर्व अध्यक्ष युवराज पौडेल, प्याब्सन पर्वतका अध्यक्ष श्रीराम पराजुली र नारायण माबिका प्रधानाध्यापक प्रकाश रिजाल लगायतले शुभकामकाम मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता क्यान पर्वतका निवर्तमान अध्यक्ष अच्यूत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिष्णु प्रसाद सुवेदीको स्वागत र कार्यक्रमको संचालन सचिव भरत सापकोटाले गरेका थिए ।

ताजा

Related Articles